काठमाडौं । सरकारले कोरोनाको चेन ब्रेक गर्न राजधानीमा निषेधाज्ञा (लकडाउन) लगाएको आज चौथो दिन पुगेको छ । लकडाउनलाई पूर्णरुपमा लागु गराउन प्रहरीले सडकमा चेक जाँचमा कडाइ गरेको छ । यद्यपि मानिसहरु हिँड्ने क्रम जारी छ । सरकारले लकडाउन गरेपनि पत्रकारदेखी वित्तिय संस्था तथा अत्यावश्यक सामाग्रीको लागी सडकमा पास अनिवार्य गरेको छ । त्यसैको फाइदा उठाउँदैं लकडाउन भएपनि राजधानीका कोटेश्वर, जडिबुटि जस्ता क्षेत्रहरुमा गाडिको चाप बढेको छ ।

त्यस्तै चाप पशुपतिनाथमा पनि बढेको छ । तर कारण भने फरक छ । पशुपतिमा आफ्ना आफन्त गुमाउनेहरुको चाप रहेको छ । पशुपतिनाथमा स्वास्थ्य मापदण्ड ख्याल गरे बेगर नै शव जलाउने ठाउँमा मानिसहरुको भिड लागेको छ । विद्युतिय शव गृहमा कोरोनाबाट ज्यान गुमाउनेहरुको शव जलिरहेको छ । भने आर्यघाटमा अन्य कारणले मृत्यु भएकाहरुको शव जलिरहेको छ । मृत्यु हुनेहरुको शवसंगै आफन्तहरुको मन पनि जलिरको देखिन्थ्यो ।त्यसैले त कोरोना महामारिमा पनि आफन्तहरु झुम्म बनेर झुम्मिएका थिए । एक अर्कोलाई आड भरोसा दिदै देखिन्थे ।

विद्युतिय गृहमा आफन्तहरुले भलै मृतकको अनुहार देख्न पाउँदैनथें तर बाहिरैबाट फुल र अक्षता छरेर श्रद्धान्जलि व्यक्त गरिरहेका थिए । कोहि आफ्ना आफन्तको शव जलाउने पालो कुरेर बसेका थिए ।

पशुपतिनाथमा लकडाउनको चौथो दिन देखिएका केही तस्वीरहरु यहाँ राखिएका छन् ।