काठमाडौं । सरकारले सामबार रातीदेखी आन्तरिक हवाई सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको दोश्रो लहर तिव्ररुपमा देशका विभिन्न जिल्लाहरुमा फैलिएसंगै आन्तरिक उडानमा पनि रोक लगाउने भएको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिसमा सरकारले आन्तरिक उडान पनि बन्द गर्ने निर्णय गरेको हो।

सरकारले यसअघि लामो दुरिका सवारिसाधनमा रोक लगाएको थियो । यद्यपि आज मध्यरातदेखि सेवा बन्द हुने भए पनि अहिलेसबै सेवा प्रदायकका विमान सेवा सुचारु रहेका छन्।

त्यस्तै अन्तराष्ट्रिय उडानको सम्बन्धमा भने सरकारले अति प्रभावित देशहरुमा मात्रै उडान बन्द गर्ने भएको छ । भारत, ब्राजिललगायतका नयाँ भेरियन्टका कोरोना देखिएका देशहरुमा मात्रै उडान बन्द हुने नेपाल नागरिक उड्डन प्राधिकरणले बताएको छ ।