काठमाडौं ।सोमबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । दिउँसो २ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते सदनबाट विश्वासको मत लिने घोषणा गरेपछि सो विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकमा पार्टीको महाधिवेशनका सन्दर्भमा पनि छलफल हुने बताइएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनका लागि कांग्रेस राजी भएको छैन ।