काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले चीनले अरु देशमा आक्रामक रुपमा सक्रिय भएको र आफ्नो देशमा दमनकारी रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् ।

सिबिएस न्यूजसँगको अन्तर्वार्ताको क्रममा विदेश मन्त्री ब्लिङ्कनले अमेरिकाको चाहना चीनलाई तल पार्नु नरहेको बताएका छन् । तर कानूनका आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर बनाउन भने नदिने उनले स्पष्ट पारेका छन् । पछिल्ला व्यापार, गुप्तचर गतिविधि तथा कोरोना भाइरसको महामारीलाई लिएर अमेरिका र चीनबिचको सम्बन्ध तनावपूर्ण बनेको छ । दुई देशबिचको सम्बन्ध अमेरिका र चीनका लागि मात्रै नभएर विश्व समुदायका लागि पनि महत्वपूर्ण छ ।

डोनाल्ड ट्रम्प शासनकालमा थप संकटमा आएको सम्बन्ध सुधारको प्रयासमा राष्ट्रपति जो बाइडेनको प्रशासन रहेको छ ।