काठमाडौं । राष्ट्रिय जनगणना कार्यक्रम तत्कालका लागि स्थगित गरिने भएको छ। कोरोना महामारिका कारण आगामी जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम रोकिएको हो ।

महामारीका कारण जनगणनाको काम केही समय सार्न तथ्यांक विभागले गरेको प्रस्ताव अनुसार मन्त्रिपरिषद्को बैठकले सार्ने निर्णय गरेको हो।