बुटवल । लुम्बिनी प्रदेशका दुई स्वतन्त्र सांसदले आफूहरू नेकपा एमालेको संसदिय दलमै फर्किएको भएको प्रतिबद्धता जनाएका छन् । कपिलबस्तु(२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सुचना जारी गर्दै आफूहरुले शंकर पोखरेल नेतृत्वको सरकारलाई नै समर्थन गरेको जनाएका छन् ।

उनिहरुले प्रदेशसभाको चुनावमा सूर्य चिन्हबाट जितेका थिए । हिजो आइतकार माओवादि केन्द्रमा संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठनको पक्षमा उभिएका उनिहरु आज फेरि एमालेमै कमब्याक भएका हुन् ।