काठमाडौं  । सोमबारका लागि बोलाइएको कांग्रेस पदाधिकारी बैठक स्थगित भएको छ ।

केही नेताहरूको स्वास्थ्यमा समस्या आएका कारण सोमबारका लागि बोलाइएको बैठक मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ । पार्टीका केही नेताहरुमा कोरोना संक्रमण देखिएपछि बैठक स्थगित गरिएको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा केन्द्रीय सदस्यहरू शंकर भण्डारी र चीनकाजी श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ । हाल उनीहरु होम आइसोलेसनमा रहेका छन् ।