काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप तीनजना सांसदहरुसँग स्पष्टीकरण सोधेका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तीन सांसदलाई स्पष्टीकरण सोधेका हुन् । सांसदहरु समिना हुसेन, कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण सोधिएको कार्यालय सचिव तामाङले जीएनएन नेपाललाई बताए ।

‘स्पष्टिकरण पहिले नै सोधिएको थियो र यसको जवाफ पनि आइसकेको छ । जवाफ पार्टीका कुनैपनि गतिविधि उल्लङ्घन नगर्ने भन्ने नै आएको छ ।’ उनले भने ।

स्पष्टीकरण सोधेका तीनै जना सांसदलाई पार्टी विधानसँगै अर्को पार्टीमा लाग्नु भएको हो ? भनेर प्रश्न गरिएको छ ।

यसअघि एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।