काठमाडौं । आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कोरोना महामारी नियन्त्रणका विषयमा केन्द्रित हुने भनिए पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भनेर राजनितिक कोर्स परिवर्तन गरिसकेको अवस्थामा
आजको बैठकलाई निकै चाख लाग्दो तरिकाले हेरिएको छ ।