काठमाडौं । साताको दोश्रो कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको छ । हिजो आइतबार उकालो लागेको परिसूचक आजको कारोबार दिन १२.३६ अंकले घटेर २६५२.७५ बिन्दुमा रोकिएको छ ।

कारोबार खुलेको पहिलो घण्टामा केहि बढ्ने छाँटकाट देखीए पनि अन्तिममा ओरालो लागेर बन्द भएको हो ।

त्यस्तै नेप्से परिसुचक घटेपनि सेयर कारोबारमा भने सुधार भएको छ । आइतबार ७ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ७ अर्ब ५२ करोड रुपैयाँ बराबरको भएको छ। यस दिन २१६ वटा कम्पनीको १ करोड ५९ लाख ८ हजार ४९९ रुपैयाँ कित्ता शेयर ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँमा खरिद बिक्री भएको छ।