काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशखको प्रतिनिधि सभामा विश्वासको मत लिने भएको खबरसंगै जसपामा पुन सांसदको अंकगणितिय खेल सुरु भएको छ । संसदमा चौथो ठुलो दलको हैसियतमा रहेको जसपा ओली सरकार टिकाउन निर्णयक बन्न सक्ने अवस्था छ । तर आफैं फुटको संघारमा पुगेको जसपामा पनि दुई धार देखीएका छन् । जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव एकातिर छन् भने अर्का तिर अध्यक्ष महन्थ ठाकुर छन् ।

भट्टराई र यादवप्रधानमन्त्री ओलीको विपक्षीमा छन् । भने हालसम्म ठाकुरले ओली सरकारलाई मत दिने लगभग निश्चित देखीएको छ । संसदमा प्रधानमन्त्रीलाई एमालेको नेपाल पक्षले साथ दिए र र यता ठाकुर पक्षकाले पनि उनलाई साथ दिएमा ओलीको सत्ता बिना झन्झट टिक्ने देखिन्छ । ओली र ठाकुरको बढ्दो मीत्रताले उनलाई मत दिने पुष्टि गर्दै आएको छ । किनभने ओलीले विश्वासको मत लिने भनेको २४ घण्टा पनि नपुग्दै ठाकुरले आफूपक्षिय सांसदलाई काठमाडौँ नछाड्न र काठमाडौँ बाहिर भए तत्काल काठमाडौँ बोलाएका छन् ।

पूर्वराजपाका सबै सांसदलाई ठाकुरले ओलीलाई मत दिन ह्वीप समेत जारी गर्ने तयारी गरेको स्रोतले बताएको छ ।