काठमाडौं । आन्तरिक हवाई उडान अन्तर्गतको सेवा प्रयोग गर्दै हुम्लाको सिमकोट विमानस्थलमा पुगेका आठ जनालाई कोरोना भाइरसको पुष्टि भएको छ । नेपालगञ्ज र सुर्खेतबाट हवाइ मार्ग हुँदै हुम्ला पुगेका ३६ जना मध्ये आठलाई कोरोना संक्रमण पुष्टि भएको हो । हुम्लामा कोरोनाको नयाँ भेरियन्ट देखीएयता यो नै पहिलोपटक कोरोना देखीएको हो ।

सुर्खेतबाट पुगेका दुई र नेपालगञ्जबाट पुगेका ६ जनामा संक्रमण देखीएको जिल्ला अस्पतालले जनाएको छ । उनिहरु हाल आइसोलेसनमा राखीएको छ ।