काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।

बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमका प्रदेश प्रमुख सर्मीला कुमारी पन्तलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको बताइएको छ । यस्तै सरकारले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादवलाई प्रदेश प्रमुखमा नियुक्तिको लागि पनि सिफारिस गरेको छ।

यसअघि सरकारले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।