एजेन्सी । भारतमा कोरोना संक्रमण हुनेको सङ्ख्या दुई करोड नाघेको छ । अर्थात् त्यहाँ हालसम्म २ करोड ७५ लाख भनद्यँ ब्ढ िव्यक्ति संक्रमणको चपेटामा परेका छन्। भारतमा लगातार चार लाख संक्रमित थपिदैं गएकामा हिजो भने केहि राहत मिलेको छ । गत २४ घण्टामा त्यहाँ तीन लाख ५५ हजार भन्दा बढीमा कोरोना देखीएको छ । जुन केहि दिन अगाडिको आंकडा भन्दा केहि मात्रामा कम हो ।

एक सातामै ४१ प्रतिशतको मृत्यु, विश्वमा सब भन्दा उच्च

भारतमा लगातार छ दिनसम्म तीन हजार भन्दा बढीको कोरोनाका कारण मृत्यु भयो । सम्पूर्ण हप्ताको तथ्यांकलाई हेर्ने हो भने यस साता भारतमा मात्रै ४१ प्रतिशत को मृत्यु भएको छ । यस अवधिमा त्यहाँ २४ हजार ५०३ बिरामीको मृत्यु भयो । जुन अवस्था हेर्दा राजधानी दिल्लीमा हरेक ३ मिनेटमा एउटा मृत्यु भइरहेको हुन्छ। विश्वको शीर्ष १० देशहरूको तुलनामा भारत बाहेक टर्की, अर्जेन्टिना, जर्मनी र कोलम्बियाले ज्यान गुमाउनेहरूको सङ्ख्यामा बृद्धि भएको देखिएको छ।

भारतमा अन्य केहि अपडेटस्
– नागपुर, महाराष्ट्रमा कोरोनाका पाँच नयाँ भेरियन्ट फेला परेको छ ।
– ठिक हुने व्यक्तिहरुको सङ्ख्या पनि लगातार वृद्धि भइरहेको छ। उद्योगको अक्सिजन पनि कोरोना संङ्क्रमितको लागी उपचारमा प्रयोग गरिदैं छ ।