काठमाडौं । नेकपा एमालेको कोटाबाट राजदुत भएका महेशराज दाहाल आफ्नो कार्यकालको अन्त्य नभई स्वदेश फिर्नु परेको छ । बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्‍को बैठकले अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई उपयुक्त काम गर्न नसकेको कारण फर्ता बोलाएको हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार अहिलेसम्म भएका कार्यसम्पादन मूल्यांकन र सरकारका लागि उपयुक्त नदेखिएको उनलाई फिर्ता बोलाइएको हो । दाहाल माओवादी अध्यक्ष पुष्प कमल दाहाल नातोदार पर्छन् ।

हाल सत्ता समिकरणको खेल चलिरहेका बेला प्रधानमन्त्री केपी ओलीले माओवादी तर्फबाट पदमा रहेकाहरुलाई केहि असन्तुष्टि जनाउँदै हटाइरहेका छन् । यद्यपि ओली निकट वा उनले खुसी पार्नुपर्ने व्यक्तिलाई भने उनले चलाएका छैनन् ।

प्रतिभा राणा जापानकालागि राजदूत नियुक्त – Nepal Media
प्रतिभा राणा

जसमध्ये जापान र ओमानका राजदुत पर्छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाकी सासु समेत रहेकि प्रतिभा राणालाई भने म्याद थपेर भएपनि उतै राखीएको छ ।जबकि उनि अहिलेसम्मकै काम नलाग्ने राजदुतमा गनिन्छिन् । साथै, उनले प्रधानमन्त्रीले आफू निकट रहेकि ओमानकी राजदूत शर्मीला पराजुली ढकाललाई पनि उतै म्याद थप  गरेर राखेका छन् ।