एजेन्सी । कोरोना संकटको गम्भीरतालाई ध्यानमा राख्दै आईपीएल प्रशासनले यस सिजनका सबै खेलहरू स्थगित गरेको छ । कोरोना संक्रमणको कारण आईपीएलको १४ औं सिजन स्थगित भएको हो । हालसम्म चार विभिन्न आईपीएल टोलीका खेलाडीहलाई कोरोना पोजिटिभ देखीएको छ । दिल्ली क्यापिटल्सका अमित मिश्रा आज कोरोना संक्रमित भएका छन्। यो भन्दा पहिले सनराइजर्स हैदराबादका रिद्धिमान साहलाई कोरोना देखीएको थियो । कोलकाता नाइट राइडर्सका खेलाडीहरू योभन्दा अघिनै संक्रमित भइसकेका छन्।

सोही कारण बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले आईपीएल यस सत्रको लागि स्थगित भएको जानकारी भारतिय मिडियालाई दिएका छन् । यद्यपि आईपीएल स्थगित गरिएपनि भारतिय संचार माध्यमका अनुसार विदेशीहरू लगायत सबै खेलाडीहरू बबलमै रहनेछन्। त्यहाँको मिडियाको अनुसार आईपीएलको बाँकी रहेका ३१ खेलहरू पुन तालिकामा राख्न सकिनेछ । दुई दिनको अन्तरालमा १० भन्दा बढी खेलाडिलाई कोरोना संक्रमण भएपछि उक्त निर्णय लिइएको हो।

बीसीसीआईले २ हजार करोड घाटा लाग्ने

हालको लागी आईपीएल स्थगित गरिएको छ । तर यदि यो सिजनमा यो पूर्ण रूपमा रद्द गरियो भने बोर्डलाई २००० करोडको घाटा पर्नेछ। भने यस वर्ष भारतमा आयोजना हुने टी २० विश्वकप पनि खतरामा पर्नेछ। भारतबाट होस्टिंग खोस्न सकिनेछ । यसमा पनि बीसीसीआईले करोडको घाटा खान विवश हुनेछ ।