एजेन्सी । भ्याक्सिन लगाउनुभन्दा पहिले र लगाइसकेपछि ज्यादा मादकपदार्थ (रक्सि) पिउँदा शरीरले भाइरससँग लड्न सक्ने क्षमतामा ठूलो असर पार्न सक्छ। विज्ञका अनुसार अत्यधिक रक्सीले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई दमन गर्न सक्छ । कोरोना भ्याक्सिन लगाइसकेपछि कोरोना भाइरस विरुद्ध लड्न एन्टिबडी उत्पादन गर्न शरिरलाई केहि हप्ता लाग्छ । त्यसैले त्यो भन्दा अघि हाम्रो शरिरमा कुनै नकारात्मक प्रभाव परेमा प्रतिरक्षा प्रणाली निष्क्रिय हुन्छ ।

क्यालिफोर्निया विश्वविद्यालयका भाइरस अनुसन्धान केन्द्रका निर्देशक इल्हेम मेसौदीका अनुसार कम रक्सी पिउनु कुनै हानि होईन, तर यो याद राख्नु महत्त्वपूर्ण छ कि कम रक्सी पिउनुको अर्थ के हो ?

ज्यादा रक्सिको सेवनले तपाईंलाई ब्याक्टेरिया र भाइरल संक्रमणको जोखिममा पार्छ। भने अधिक रक्सीले हाम्रो प्रतिरक्षा कोषहरूलाई संक्रमण साइटमा पुग्न र भाइरस वा ब्याक्टेरिया मार्नबाट समेत रोक्छ। यसले रोगजनक प्याथोजेनको लागि सेलहरूमा आक्रमण गर्न सजिलो बनाउँदछ।

रूसी विज्ञहरूले डिसेम्बरमै चेतावनी दिए

डिसेम्बर २०२० मा, रूसको सरकारी स्वास्थ्य विशेषज्ञ अन्ना पोपोवाले कोरोना भ्याक्सिनको खोप लगाउनु दुई हप्ता अघि र यो खोप लागू गरेको ४२ दिनसम्म रक्सी नपिउन सल्लाह दिएका थिए। उनको चेतावनी पछि रसियाभरि विरोध प्रदर्शन भयो। जसको कारण खोप लगाएका मानिसहरुमा पुन संक्रमण फैलियो ।

अधिक रक्सी र यसको ह्याङओभरले भ्याक्सिन लागू भएपछि हुने साइड इफेक्टहरू बढाउन सक्छ। जस्तै ज्वरो, शरीर दुखाइ र बेचैनी जस्ता कुराहरुले गर्दा भ्याक्सिनले काम गर्ने पाउँदैन ।

रक्सि छोड्ने तरिका

करेलाको रसले पनि रक्सीको लत छुटाउन मद्दत गर्छ । करेलाको पातलाई पिँधेर रस निकाल्नुस् । अनि त्यसमा दुई चम्चा मह मिसाएर पिउनुस् ।

गाजरको जुस-
रक्सी छोड्न चाहने मानिसलाई गाजर एकदम राम्रो फल हो । दिनदिनै गाजरको जुस पिउँदा रक्सी पिउने इच्छा मरेर जान्छ । अनि शरीरमा पनि ऊर्जा कायम रहन्छ ।

खजुर-
दूधमा खजुर मिसाएर पिउँदा पनि रक्सीको लत छुटाउन सकिन्छ । यसलाई पिएको केही दिनमै तपाईंले फरक देख्न पाउनुहुन्छ ।

अदुवाको तेल-
अदुवाको तेल वा अदुवा हालेको चियाले पनि रक्सीको लत छुटाउँछ । अदुवाको तेलमा अलिकति मह मिसाएर पनि पिउन सक्नुहुन्छ । केही दिनमै रक्सी पिउन मन लाग्न छोड्छ ।

अंगुर-
वाइन बन्ने नै अंगुरबाट हो । दिनदिनै अंगुर खानुभयो भने केही दिनमै रक्सी पिउने बानी छुट्छ ।

ज्वानो-
एक गिलास पानीमा ज्वानो राखेर पानी आधी नहुन्जेल उमाल्नुस् । त्यसलाई सेलाएपछि पिउनुस् । एक महिनासम्म लगातार यो रस पिउँदा रक्सी पिउने इच्छा घट्छ ।

भेडेखुर्सानी-
भेडेखुर्सानीलाई पिँधेर त्यसको रस निकाल्नुस् । दिनदिनै खाना खाएपछि आधा कप भेडेखुर्सानीको रस पिउनुस् । यसो गर्दा केही दिनमै फरक देखिनेछ ।