काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागी लम्बिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

त्यस्तै आजदेखी अब बिहान १० बजेसम्म मात्रै पसलहरु खोल्न पाइने छ भने बेलुका बन्द गर्नु पर्नेछ । बैंक तथा वित्तिय संस्थाको हकमा सीमित कर्मचारीलाई उपस्थित हुने गरि संचालन अनुमति दिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनाए ।

त्यस्तै सिडिओ पराजुलीका अनुसार सबै प्रकारका पास हरु पनि खारेज गरिएको छ । फुटपाथमा हिँड्नेदेखी साइकल र ठेलागाडा चलाउने तथा बिना काम बाहिर निस्किनेलाई पनि कारबाही गरिनेछ । भने मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना तिराइने छ ।