काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेप्सेमा झिनो रुपमा वृद्धि भएको छ । आज १.९४ अंकले नेप्से परिसूचक २६५४.६९ को विन्दुमा पुगेको छ । यस दिन हाइड्रोपावर र माइक्रोफाइनान्स कम्पनीहरको शेयरको खरिद चाप बढ्दा दुबै उपसमूहका सूचक बढेका छन्।

आज कारोबार रकममा भने केही गिरावट भएको छ । सोमबार ७ अर्ब माथिको शेयर कारोबार भएकोमा यस दिन ६ अर्ब रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भएको छ। यस दिन २१३ वटा कम्पनीको १ करोड ३० लाख १५ हजार १८३ कित्ता शेयर ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८११ रुपैयाँमा खरिद बिक्री भएको छ।