काठमाडौं । कतार सरकारले १४ जना जेल जिवन कटाइरहेका नेपालीलाई आम माफि दिएको छ । रमादान पर्वको अवसरमा कतार सरकारले विभिन्न आरेपमा सजाय भोगीरहेका १४ नेपाली कैदी बन्दिलाई आममाफि दिइएको हो । दोहास्थित नेपाली राजदुतावास द्वारा जारी विज्ञप्तीमा उक्त कुराको उल्लेख गरिएको छ ।

आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकाहरुसँग दूतावासले समन्वय गर्ने बताइएको छ ।