काठमाडौं । नेपालमा कोरोना भाइरस उच्च विन्दुमा पुगेको छ । पछिल्ले २४ घण्टामा मात्रै थप ७ हजार ६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि उच्च वृद्धि भैरहेको छ । गत २४ घण्टामा मात्रै ५५ जनाको मृत्यु भएको छ । यो हालसम्मकै सबैभन्दा बढी मृत्यु हो ।