काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको एक नेताले बताए ।

प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने भनेपछि माओवादीले औपचारिक रुपमा समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

त्यस्तै, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले २७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक आशय र उद्देश्य राम्रो नरहेको माओवादीले निष्कर्ष निकालेको समेत जनाएका छन् ।