काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसलेप्रधानमन्त्री केपी शर्मा ओली को विपक्षीमा मत दिने भएको छ । प्रधानमन्त्री ओलीले वैशाख २७ गते राख्ने विश्‍वासको मतको प्रस्तावमा नेपाली कांग्रेसले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

मंगलवार सभापति शेरबहादुर देउवा निवासमा २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्दै प्रस्ताव असफल पार्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए । उनले विपक्षमा मत दिएर वैक वैकल्पिक सरकार गठन गर्न अघि बढ्ने र प्रधानमन्त्रीलाई फेल गराउन सकेसम्म प्रयास गर्ने बताए ।

त्यस्तै सहमहामन्त्री महतले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको काम पनि विरोध गरेका छन् ।