काठमाडौँ । नेपाली हो नि । अनि त्यसमाथि लकडाउन । त्यो भन्दा पनि माथि कुनै एउटा अनौठो कुरा । त्यो पनि सामाजिक सञ्जालमा ।  यति भए काम पुग्यो  हामीलाई सामाजिक सञ्जालमा वार्ता र छलफल गर्ने । अझै भनौँ सामाजिक सञ्जालको न्याय मूर्ति  बन्न ।  आजभन्दा दुई दिन अगाडिको कुरा हो नेपालकी चर्चित नायिका प्रियंका कार्कीले आफ्नो इन्स्टाग्राम खातामा  बेबी–बम्प भुँडीको फोटो पोस्ट्याइन् । 

May be an image of 1 person and indoor
प्रियंका कार्कीले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेको तस्विर

बेबी–बम्प अर्थात् बच्चा भएको भुँडी । उनी गर्भवती भएको कुरा पनि सञ्जाल मार्फत नै उनले जानकारी गराएकी हुन् । प्रियंकाका साथसाथै उनका श्रीमान् आयुष्मान देशराज जोशीले पनि उनको तस्बिर सेयर गरेका छन् । जसको अर्थ दम्पतीको दुवैको सहमतिमा उक्त फोटो सञ्जालमा पोस्ट्याएको भन्ने बुझिन्छ । प्रियंकाले पोस्ट गरेको फोटोमा कुनै नौलोपन छैन । उक्त फोटोमा प्रियंका बेडमा बसेर एउटा आँखा चिम्म पारी जुस पिइएको देखिन्छ । भने अर्को चाहिँ बेबी–बम्पमा मेकअप गरेर नाइटोलाई जुस पिलाएको जस्तो गरिएको छ ।  प्रयोगकर्ताहरूको टाउको दुखाई यँहिनेर हो । कयौँ प्रयोगकर्ताहरुले आफ्नो देशको संस्कार भुलेको, नाटक गरेको जस्ता भद्दा टिप्पणीहरू  गरेका छन् । भने कयौँ प्रयोगकर्ताहरुले उनको यो तस्बिरलाई निकै मन पराएका पनि छन् । 

सामाजिक सञ्जालमा  एकै छिन नियाल्ने हो भने सबै प्रियंकाकै बेबी–बम्पले भरिएको छ । बौद्धिक वर्ग देखी सञ्जालमा झुम्मिनेहरू समेतले उनकै गुणगान गाएका छन् । फरक यति हो कसैले राम्रो  भनेका छन् कसैले नराम्रो । 

गर्भवती, प्रसूति र सुत्केरी अवस्था महिलाको लागि विशेष अवस्था हो।  यो अवस्थामा गर्भवती महिलालाई सबै साथ र हौसला मिल्नुपर्ने हुन्छ । यो अवस्था एउटि आमा बन्नेहरूको लागी गर्वको अवस्था पनि हो । तर विडम्बना हाम्रो नेपाली समाजमा गर्भ अवस्थामा महिलालाई ध्यान दिने चलन छैन । उल्टै छोरा जन्माउने प्रेसर दिइरहेको हुन्छन् ।  अझै गाउँघरमा महिलाहरू घाँस काट्न जाँदा जाँदै बच्चा जन्माइरहेका हुन्छन् । उनीहरूलाई अस्पताल जान समेत नसिब भएको हुँदैन । तर सहरमा बस्ने र पछिल्लो पुस्तामा भने केही जागरूकता आएको छ । अपवादमा बाहेक अहिले विशेषगरि सहरी क्षेत्रहरूमा गर्भवती महिलालाई विशेष ध्यान दिने गरेको पाइएको छ । 

यही कुरा प्रियंकामा पनि लागु हुन्छ । सञ्जालमा जुन प्रकारले उनलाई ताली भन्दा गाली बेसी दिइएको छ । त्यसमा मनोचिकित्सकहरू पनि समाजको यर्थाथलाई चित्रण गरेको व्याख्या गर्छन्  । मन परामर्शदाता गीता सुवेदीका अनुसार  प्रियंकाले पोस्ट गरेको तस्बिर अहिलेको नेपाली समाजमा त्यति अपाच्य होइन, सञ्जालमा आएका टिप्पणीहरू चाहिँ अपाच्य हुँदै गए ।

उनी भन्छिन्, पच्छिमेली समाजमा यस्ता कुरा सामान्य लिइन्छ तर हाम्रो  पूर्वेली समाजमा अलि नेगेटिभ सन्देश गएको जस्तो भयो । जुन बिलकुल होइन । 
,सुवेदीका अनुसार समाज परिवर्तन हुन केही समय लाग्छ । जबसम्म समाजका व्यक्तिहरूले एउटि गर्भवती महिलाको गर्भलाई सलले लुकाएर हिँड भन्छ तबसम्म एउटा सभ्य समाजको निर्माण हुन सक्दैन, सुवेदी भन्छिन्, ‘हो ! हाम्रो  संस्कार संस्कृति छुट्टै छ तर त्यो संस्कृति कतिसम्म भेदभावपूर्ण या लागु गर्न उचित होला  त्यो पनि ख्याल राख्नुपर्ने बेला आएको छ ।’ 

बेबी बम्प देखाउने पहिलो . नायिका होइनन् 

नेपालमा थुप्रै यस्ता नायिका हरू छन्, जसले गर्भवती भएपछि बेबी बम्प सार्वजनिक गरिसके । ती मध्ये एकताकाकी निकै चर्चित नायिकाहरू पर्दछन् । जस्तो गरिमा पन्त, रक्षा श्रेष्ठ, ऋचा शर्मा, निशा अधिकारी, सञ्चिता लुइँटेल, यूना उप्रति, ऋचा घिमिरे, माल्बिका सुब्बा, झरना बज्राचार्य, सृजना सुब्बा, विनीता बराल लगायतले पनि आफ्नो बेबी बम्प सार्वजनिक गरिसकेका छन् । तर उनीहरूको प्रियंकाको जस्तो चर्चा भएन । 

हुन त, प्रियंका कार्की र कन्ट्रोभर्सी  पर्यायवाची शब्द हुन् । तर पछिल्लो बेबी बम्पले भने उनका पुराना कन्ट्रोभर्सी सबै बिर्साइदिएको छ । उनले पोस्ट गरेको सो फोटोमा नारिका सम्मानदेखि मानवअधिकारका सम्म कुरा गरिएको छ । त्यसो त नेपालीहरू अहिले फुर्सदको समय बिताइरहेका छन् । निषेधाज्ञा र कोरोनाले गर्दा प्राय घरमै बसेका छन् । अहिले प्रयोगकर्तालाई  बिल गेट्स देखी प्रियंकासम्म, ओली देखी मोदीसम्मका व्यक्तिहरूको चियोचर्चा गर्ने र आफ्नो विज्ञता प्रस्तुत गर्न समय पनि उत्तिकै छ । कतीले विकृति फैलाएको भनेका छन् कतिले उदारताका साथ स्वीकार गरेका छन् ।

तर जे होस् सञ्जालमा गरेको टिप्पणीले उनको मानसिकतालाई भने कत्ति पनि ख्याल गरिएको छैन ।  यसै सन्दर्भमा सञ्जालहरूमा प्रियंकाका फ्यानहरूले भने समर्थन जनाइरहेका छन् ।

तर जे होस् सञ्जालमा गरेको टिप्पणीले उनको मानसिकतालाई भने कत्ति पनि ख्याल गरिएको छैन ।  यसै सन्दर्भमा सञ्जालहरूमा प्रियंकाका फ्यानहरूले भने समर्थन जनाइरहेका छन् ।

यसर्थ सञ्जालमा  प्रियंकाको उक्त बेबी बम्पलाई एक्टिङको संज्ञा दिएर ओभर एक्टिङले भरिपूर्ण टिप्पणीहरू पनि प्रशस्तै भेटिन्छन् । जसमध्ये केहीलाई नियालौँ :

यसै विषयमा एक ट्विटरकर्ता प्रश्न गर्छिन्, तर यो अलिक बढ्ता भएन र ?नेपाली समाजमा ?त्यस्तै, उनको प्रश्नको उत्तर दिन आइपुग्छन् अर्को प्रयोगकर्ता उनको उत्तर यस्तो छ “नेपाली समाज तपाइहरूको मात्र हो ? प्रियंका हरुको हैन?”  

साथै अर्कि एक प्रयोगकर्ता आफ्नो राय बताउँदै भन्छिन्, ‘राजनीतिक दर्शन, धार्मिक विश्वास जे भए पनि पुरुषको यौन स्वतन्त्रता र महिलाको यौन नियन्त्रणको हकमा बहुसङ्ख्यक उभिने कित्ता एउटै रहेछ आखिर। कार्ल मार्क्स बचाऊ र प्रियंका कार्की ट्रोलमा संलग्न जमात देख्दा सोच मग्न भइयो !!’

त्यस्तै अर्को प्रयोगकर्ता लेख्छन्,“एउटि नारी लाई गर्भवती हुनु र सन्तानको आमा बन्न पाउनु जिवनकै एक ठूलो खुशी हो। एकदमै धेरै एक्साइटेड पनि हुन्छन्, प्रीयंका कार्की पनि त्यसको अपवाद हैनिन। तर उनले जुन लेभल को एक्साइट्मेन्ट देखाइन वा तस्वीर देखाइन त्यो चै उनको केट्केटी पन हो। immature! बाँकी उनको शरीर उनको इच्छा !!”

अन्य नेपाली समाजका समाजका केहि यर्थाथलाई बुझौं

No description available.
No description available.
No description available.