काठमाडौं । बुधबार आफ्नो समर्थन प्रधानमन्त्री केपी ओली सरकारलाई नरहेको भन्दै माओवादी केन्द्रले औपचारिक रुपमा पत्र बुझाउने भएको छ । बुधबार दिउँसो सम्ममा उक्त पत्र संसद सचिवालयलाई बुझाउने तयारी भइरहेको छ ।

मंगलबार बसेको स्थायी समिति बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । सोहि अनुसार आज सरकारलाई समर्थन नगर्ने औपचारिक रुपमै जानकारी गराउने भएका हुन् ।

सर्वाच्च अदालतले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता श्रषि कट्टेललाई दिएसंगै माओवादिले अनौपचारिक रुपमा ओली सरकारलाई समर्थन नरहेको जनाउँदै आएको थियो । तर पनि औपचारिकरुपमा भने पत्र बुझाएका थिएनन् । तर हाल ओली आफैंले संसदबाट वैशख २७ मा विश्वासको मत लिने भनेपश्चात माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो ।