काठमाडौं । आज बुधबादेखी काठमाडौं उपत्यकामा लकडाउन (निषेधाज्ञा) थप लम्बाइनुका साथै कडा पनि गरिएको छ । हिजो अस्ति बिहान बेलुकै खाद्यान्न पसल खोल्न अनुमति दिइएको भएपनि कोरोना संक्रमित हुनेको आंकडालाई ध्यानमा राख्दै सरकारले थप कडा गर्ने निर्णय गरेको हो । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको मंगलबार बसेको बैठकले उपत्यकामा लकडाउन आगामी वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेका हुन् ।

निषेधाज्ञा अब सर्वसाधारणलाई खाद्यान्न, औषधि र अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाहिर हिँड्न मनाहि गरिएको छ । सरकारी कार्यालय र वैँक तथा वित्तीय संस्थाको हकमा आलोपलो गरेर कार्यलयमा एक चौथाई मात्रै कर्मचारी राख्नुपर्ने छ ।

आज निषेधाज्ञा (२.०) को सातौं दिन हो । आजदेखी सडकमा चेकिङ थप कडाई भएको छ । संचार माध्यम, अध्यावश्यक बाहेक अन्यलाई पास भएपनि जान दिइएको छैन । यद्यपि सडकमा मानिसहरु हिँड्ने क्रम भने जारी छ । कोहि परिवारै ब्याक बोकेर घर हिँडिरहेका देखीन्छन् । कोहि दिउँसो कमाएर बेलुका खानुपर्ने र घरै आकाशमुनि बनाएकाहरु सुतेर दिन कटाइरहेका छन् ।

राजधानीका परिदृश्ष्यको वर्णन गर्नुपर्दा कोही मानिसहरु नियम तोडेर जथाभावि हिँडिरहेको देखीन्छ भने कोही मजदुर निषेधाज्ञा खुल्ने दिन गनेर बसेको भेटिन्छन् ।

थप राजधानीको निषेधाज्ञा बुझ्न यी तस्बिर नियालौं