लक्षण

  • आधा टाउको अथवा टाउकाको कुनै  सानो भागमात्रै या पुरै भाग पनि दुख्ने
  • नाडी चले जस्तो ढुकढुक या बलकबलक दुरी दुख्ने
  • कसैकसैलाई वाकवाकी लाग्ने, वान्ता हुने
  • रोगी बढी रिसाउने, झर्किने, एक्लै बस्न रुचाउने
  • टाउको दुखाइ केहीघण्टादेखि केही दिन सम्म रहने

माथिका मध्ये कुनै पनि लक्षण देखिएको भए तपाईलाई माइग्रेन भएको हुन सक्छ।)
 

माइग्रेनका रोगीले ध्यान दिनुपर्ने कुरा

  • दिनहुँ पानी प्रशस्त पिउने
  • ठीक समयमा खाने र ठीक समयमा सुत्ने र उठ्ने
  • सिधा घाममा टाउको र आँखा नपार्ने
  • हुलमुलमा भीडभाडमा नजाने