काठमाडौं । चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भिमेश्वर नगरपालिका -९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान पक्राउ गरेको हो । सुन्धारास्थित ढोरपाटन होटलमा ललाई फकाई ती बालिकालाई लामाले लगेर २ दिनसम्म राखी पटक-पटक बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।