काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

बुधबार तीन नेताबीच २७ गते संसदमा हुने मतदानाका विषयमा हात्तीवनस्थित एक घरमा कुराकानी भएको हो । उनीहरुबीच केपी ओलीलाई सत्ताबाट निकाल्ने विषयमा छलफल भएको बताइएको छ ।

जसपाको उपेन्द्र बाबुराम पक्ष पनि ओलीको विपक्षमा उभिएको छ। यस्तो सन्दर्भमा दाहाल, नेपाल र यादव ओलीलाई विश्वासको मतमा विफल गराएर अर्को सरकार गठन गर्ने विषयमा केन्द्रित भएका छन् ।

जेठ ६ गते हुने राष्ट्रियसभाको उपचुनावबारे नेताहरुबीच कुराकानी भएको छ ।