काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्न लुम्बिनी प्रदेशका एमाले सांसद अमर बहादुर डाँगीले राजीनामा दिएका छन् ।

डाँगीले बुधबार राजीनामा दिएको स्रोतले बताएको छ । सांसद डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तिलाई राजीनामा बुझाएका हुन् ।

एमालेबाट दाङ २ ‘ख’ बाट निर्वाचित डाँगी माओवादी केन्द्रमा प्रवेश गर्ने अन्तिम तयारीमा छन् । डाँगी यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा थिए ।