काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० विन्दुमा रोकिएको छ । हिजो १.९४ अंकले बढेको नेप्से आज भने सामान्य गिरावट भएको छ ।

त्यस्तै आजको दिन ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १०१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज नेप्से ओरालो लागेपनि कारोबार रकम भने ६ अर्बको आसपासमै छ । आज १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता सेयर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँमा कारोबार भएको छ ।