काठमाडौं । देशमा कोरोना भाइरसको मृत्यु हुनेको आंकडाले दिनानुदिन रेकर्ड ब्रेक गर्दै आएको छ । हिजो देशमा ५५ जना कोरोना भाइरसबाट संक्रमित भएकाको मृत्यु भएको थियो । तर उक्त रेकर्ड एकैदिनमा तोडिएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्युको सङ्ख्या बढेसंगै कोरोना संक्रमित हुनेहरुको पनि आंकडामा वृद्धि भएको छ । गत २४ घण्टाम मात्रै ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।