सामाजिक सञ्जालमा निकै चर्चित गीत” रेलको बाटो..”बोलको गीतको फिमेल भर्सन सुर्खेतकी गायिका स्मृति शाहीको आवाजमा सार्वजनिक भएको छ । यस अघि मेल भर्सन मा जुम्लाका गायक सुरज पण्डितले स्वर दिएका थिए भने सङ्गीत पनि पण्डितकै थियो ।

मेल भर्सनमा कर्णाली प्रदेशको डोल्पा जिल्लाको परिवेश देखाइएको थियो। फिमेल भर्सन सार्वजनिक भएको गीत कर्णाली प्रदेशको विकट हुम्ला जिल्लाको परिवेशमा तयार पारिएको हो । लेखराज गिरीको शब्द रहेको गीतको भिडियोमा हुम्लावासीले भोग्नु परेको दुख पीडालाई उजागर गरिएको छ । अपलोड भएको २४ घण्टा नबित्दै यो गीत ट्रेन्डीङमा परेको छ। यस गीतमा चर्चित मोडेल एवम् सञ्चार कर्मी सुर्खेतका चिरञ्जीवी सापकोटा , लक्ष्मण देवकोटा , सरस्वती खत्री लगायत स्थानीय कलाकारको भूमिका देख्न पाइन्छ । यो गीतलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्।