एजेन्सी । विश्वमा महामारीको एक डरलाग्दो पक्ष देखा परेको छ । विशेष गरी भारत, ब्राजिल, मेक्सिको, नपाल लगायत विश्वका धेरै देशहरूमा अक्सिजनको कमीले गर्दा मानिसको ज्यान गैरहेको छ ।

कयौं नेपालजस्तो गरिब देशहरुमा चिकित्सा उपयोगको लागी आवश्यक अक्सिजन आपूर्ति संरचनाको अभाव छ । त्यसैले गरीब देश र दुर्गम क्षेत्रका कोरोना संक्रमितका साथै अस्पतालहरु समेत अक्सीजन निर्माण गर्ने उद्योगको विकल्पमा निर्भर छन्। कोरोना भाइरसले गम्भीर रूपमा प्रभावित पारेका देशमा अक्सिजनको कमी हुँदै गैरहेको छ । महामारीको समयमा अक्सिजन आपूर्ति विश्वका सरकारहरूको प्राथमिकता सूचीमा कहिल्यै परेको थिएन।

विश्व स्वास्थ्य संगठनसँग अक्सिजनको अभावमा काम गर्दै आएका विश्वव्यापी संस्था युनाइटका कार्यक्रम निर्देशक रोबर्ट मटेरु भन्छन्, अक्सिजनलाई महत्त्व कसैले पनि नदिएको कारण अहिले संकट झेल्नु परेको हो ।

डब्ल्युएचओले आपतकालीन टास्क फोर्स बनायो

यस वर्षको सुरुमा उत्तरी ब्राजिल, मेक्सिको र केही अन्य स्थानहरूमा अक्सिजनको अभाव घातक बन्यो । त्यसलगत्तै विश्व स्वास्थ्य संगठनले अक्सिजन अभावमा आपतकालीन टास्क फोर्स गठन गरेको छ। ग्लोबल सपोर्ट ग्रुपका अनुसार गत दुई महिनामा विश्वमा मेडिकल अक्सिजनको अभाव दैनिक ९० लाख घन मिटरबाट तीन गुणा बढेर ८० लाख करोड घन मिटर पुगेको छ।
अर्थात् अक्सिजनको त्यति आवश्यकता पुरा भएन । यसको लगभग आधा कमी भारतमा भएको थियो । भारतजस्तो कठिनाइ अन्य देशहरूमा पनि आउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

त्यस्तै विश्वमा अक्सिजन सिलिन्डरको आपूर्ति पनि दस गुणा बढी महँगो भएको छ ।