काठमाडौं । सरकारले १७ जेठसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रबन्धक हिराजंग काफ्लेले ठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द कायमै रहने बताए।

भारतसँग भने एयर बबल उडानअनुसार सातामा दुई उडान हुनेछ । त्यस्तै, चार्टर्ड उडान पनि नरोकिएको प्राधिकरणले जनाएको छ।