काठमाडौं । भारतका कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल सङ्ख्या दई लाख पाँच हजार टेकेको छ । यद्यपि कोरोनाबाट मृत्यु हुनेको आंकडा भारतमा भन्दा बढी अमेरिका र ब्राजिलमा रहेको छ । भारतमा प्रति १०० कोरोना संक्रमितमा १.१ को हाराहारीमा मृत्यु भएको छ । भने अमेरिकामा १.८ र ब्राजिलमा २.७ को मृत्यु भएको छ।

त्यस्तै विश्वमा कोरोना संक्रमितको औसत मृत्यु दर सबैभन्दा बढी भएको देशमा अफ्रिका रहेको छ । अफ्रिकामा कोरोनाबाट १०० संक्रमित भएका मध्ये ३.४ प्रतिशतको मृत्यु हुने गरेको छ । कोरोनाबाट हालसम्म संसारमा भएका कुल मृत्युको १८ प्रतिशत संयुक्त राज्य अमेरिकामा रहेको छ । लगत्तै ब्राजिलमा १२.८ प्रतिशत र भारतमा ७.६ प्रतिशत संक्रमितको मृत्यु भएको छ । भर भारतीय सरकारले निकालेको कोरोना मृत्युदर माथि त्यहाँकै संचार माध्यमहरुले प्रश्न उठाइरहेका छन् । भारतभरमा शम्शान घाटदेखी नदीका छेउमा लास गाड्ने कुरालाई देखेर त्यहााको आंकडा केहि फरक होला भन्ने अनुमान लगाइएको छ ।

त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा ४ हजार १९८ जनको कोरोनाबाट मृत्यु भएको छ । भारतमा तेश्रो पटक चार हजार भनदा बढीको मृत्यु भएको हो । त्यस्त्े हिजो भारतमा जम्मा तीन लाख २८ हजार भन्दा बढी मानिसलाई कोरोना संक्रमण भएको छ ।