काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन भएका छन् ।

बिहीवार बसेको दलको बहुमतको बैठकले महतोलाई नेता चयन गरेको बताइएको छ । स्रोतका अनुसार महतोलाई चुनेको निर्णय पार्टी कार्यालय खुलेपछि दर्ता गराउने तयारी छ ।

दलको उपेन्द्र यादव र बाबुराम भट्टराई समूह भने बैठकमा उपस्थित थिएन ।