काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार १ सय ३५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा ८ हजार ५ सय २० संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालभर २०३ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

यस अवधिमा २० हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।