हामी भगवान् खोज्न कहाँ जान्छौँ ? ईश्वर, अल्लाह, यसु, विष्णु, बुद्ध, कृष्ण, ब्रह्मा को हुन् ? साँच्चै भर्खर उल्लेख गरिएका भगवान्  छन्  कि छैनन् ? छन् भने कहाँ छन् ? छैनन्  भने उहाँहरूलाई किन पूजा गर्ने ? अझ सबैभन्दा ठुलो प्रश्न त हाम्रो  सृष्टिकर्ता को हुन् ? अवश्य पनि  हिन्दु धर्म मान्ने व्यक्ति भन्छ – ब्रहमान्डको उत्पत्ति ब्रह्माले गरेका हुन् । इसाई धर्म मान्ने व्यक्तिको तर्क पनि यशुले सृष्टि रचेको भन्ने हुन्छ । इस्लाम तथा मुस्लिम धर्म मान्नेहरू पनि भन्छन् “यो सृष्टिको रचनाकार अल्लाह हुन् ।’ कालान्तरदेखि उनीहरू अल्लाहको नाम जप्दै आएका छन् । उनीहरूको लागी अल्लाहभन्दा माथि कुनै चिज छैन । 

उनीहरूले हरबखत जप्ने शब्द “अल्लाह अक्बर, अल्लाह अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाह अक्बर वलिल्लाहिल् हम्द अर्थात्  अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन” भन्ने पुज्य हरफले पुष्टि गर्छ ।

 आजै अन्य धार्मिक समुदायलाई छोडौँ र चर्चा गरौँ  मुस्लिमको गाथा :

आज इस्लाम तथा मुस्लिम धर्म मान्ने मुसलमानहरूको पवित्र दिन अर्थात्  इद ( ई-दुल-फित्र) हो ।  इस्लाम धर्मावलम्बीको लागी यो महिना भक्तिको महिना हो । इस्लामिक क्यालेन्डरको हिसाबमा  नवौँ महिना रमजानको महिना हो । यो महिनामा सबैभन्दा बढी पूजापाठ गरिन्छ । बिहान सूर्य उदाउँदा खाइसक्ने र बेलुका अस्ताएपछि खाने प्रचलन छ । यो बिचमा केही खाइँदैन । हरेक धर्ममा व्रत बसेर पवित्र हुने मान्यता छ । यस्तै मान्यता मुस्लिम समुदायमा पनि छ। तर केही फरक । दरबारमार्गमा रहेको नेपाली जामे मस्जिदका प्रबन्ध निर्देशक अब्दुल सामिम  भन्छन्, ‘हामीले रमजानको यो महिनामा एकछाकि खाइसकेपछि बेलुका हुँदा सम्म पानी पनि  पिउँदैनौँ । यदि कसैको खाएमा खण्डमा त्यो ईश्वर र त्यही बिचको  मामला हो।’ 

जामे मस्जिदमा विगतका वर्षहरूमा विशेष इदका दिनमा आठ हजार देखी दश हजार मानिसहरू जम्मा हुन्थे । एक अर्कोसँग भाइचारा देखाउँथे । नमाज पढ्थे । मिठा परिकार खान्थे । रमाइलो गर्थे । तर कोरोना काल चलेबाट सरकारले पनि निषेधाज्ञा लागु गरेको छ । जसपश्चात् अहिले यो मस्जिद शून्य बनेको छ । निर्देशक अब्दुल सामिम कोरोना जस्तो रोगलाई हेलचेक्र्याइँको  रूपमा लिन नसकिने भएकाले यो वर्ष पनि इद सामूहिक रूपमा मनाउन नपाएको प्रस्टाउँछन् । ‘मानिसहरूलाई मनसंग मन जोड्ने धर्म हो, यो । सामूहिक नमाज गर्दा एक अर्कोको स्थिति बुझ्ने देखी सहिष्णुताको भाव पैदा हुन्छ । जसले सामाजिक दायित्वको भाव सिर्जना हुन्छ । सहयोग र मित्रता हुन्छ ।’ उनी भन्छन् ।

यसो त इस्लाम धर्ममा तीन दिनभन्दा बढी कोहीसँग मनमुटाबको भाव राख्न पाइँदैन । तर आज इदको दिन कसैसंग दुस्मनी नै भए पनि एक अर्कोलाई माफ गरेर नयाँ सुरुवात गर्ने प्रचलन भएको सामिमको भनाई छ । 

इदको दिनलाई कोभिडले खल्ले गर्दियो उनी भन्छन्, “तर केही छैन रोगसंग जंग जितिसकेको भोलिपल्ट इद जस्तै गरी खुसी साटौँला । अरुबेला इदमा बिहानै जम्मा भै रमाइलो गर्ने, मिठाई खाने गर्थ्यौ तर अब कोभिड निको भएपछि त्यो सबै पुन दोहोर्‍याउने बाचा गरेको सामिम  बताउँछन् । इदको मतलब नै खुसी मनाउनु हो, त्यो खुसी अब लाखौँ कोरोना सङ्क्रमित निको  भैसकेपछि मनाउने उनको प्रतिबद्धता छ । एक महिना लामो व्रत हामीले बसिसक्यौ अब केवल खुसी मनाउन बाकीं  छ, उनी भन्छन्, ‘अब हामी त्यही बेला रमाइलो गर्छौँ  जति वेला यो विश्व कोभिडबाट टाढा रहने छ । नभए हाम्रो  सङ्घर्ष जारी नै छ ।’ 

धर्मले कहिल्यै पनि झगडा गर्न सिकाउँदैन ।  जब धर्ममा राजनीति छिर्छ तब त्यहाँ कलह आउँछ । जब केही मानिसहरू आफ्नो स्वार्थ   पूर्ति गर्ने बाटो धर्मलाई बनाउँछन् । तब त्यहाँ विद्रोह आउँछ । कुनै पनि धर्मले ‘तँ झगडा गर भनेर सिकाउँदैन ।’ पहिला मतभेद र झगडा थियो । केही सीमित देशहरूमा अझै पनि झगडा छन् । तर नेपाल धार्मिक बाहुल्यता भएको देश हुनाले यहाँ झगडा छैन । मानिसहरू यहाँ एक अर्कोको संस्कार संस्कृतिलाई सम्मान गर्छन् । पहिला झगडा थियो, अब त्यो सकियो । मानव र दानवबिचको भिन्नता फरक भैसक्यो । 

यसको अर्थ पहिल्याउने सिंगो उदाहरण हो मुस्लिम समुदाय । 

‘उनीहरू व्रत बसेरै काम गर्छन्, वृद्ध र रोगी बाहेक कसैलाई पनि यो एक महिनाको व्रत अवधिभर खाने छुट छैन । व्रत भनेको भक्तिको एक पाटो हो । मुसलमानहरु  अरबी पात्रोको नवौँ महिना रमजानको समय  एक महिनासम्म व्रत बस्छन् ताकि उनीहरूलाई पनि थाहा होस् खाना नपाएका भोकाहरू खाली पेट हुँदा कस्तो महसुस गर्छन् । 

दसैँ तिहारमा हामी जसरी नयाँ कपडा लगाएर आफन्तको टिका लगाउन जान्छौँ । मुसलमानहरु इदमा त्यसरी नै नयाँ लुगा लगाएर आफन्तका रमाइलो गर्न जान्छन् । तर उनीहरू र हामीमा भिन्नता छ । हामी रङ्गी चङ्गी लुगा लगाउँछौँ हुनेखानेले मासु भात खान्छौं । नहुनेले ऋण खोजेरै भए पनि दसैँ टार्छौ  । तर इदमा त्यस्तो भेदभावजन्य संस्कृति छैन । उनीहरू सबेरै उठेर नुवाइधुवाइ गरेर नमाज पढ्न मस्जिद जान्छन् ।

सबैभन्दा अचम्मको कुरा त उनीहरू चाहे धनी होस् वा गरिब सबैले एकै खाले कपडा लगाउँछन् । ताकि कसैले पनि मस्जिदमा आफू छुट्टै भएको महसुस नगरोस् ।  इस्लाम धर्मले सम्पत्ति र वैभव भन्दा मानिसको व्यवहार हेर्ने सामिम व्याख्या गर्छन् ।

तब पनि सबैको चाडपर्वको नौलोपन आफ्नै ठाउँमा छ । 

 मुस्लिम धर्मको मुख्य अभिप्राय भनेको एक इश्वरवाद् हो । मुस्लिमहरू एक ईश्वर बाहेक कसैको भक्ति गर्दैनन् । कुनै पनि सृष्टि ईश्वरले गरेका हुन्, त्यसैले उनीहरू सिर्जित कुराको पूजा गर्दैनन्, सिर्जना गर्ने व्यक्तिको पूजा गर्छन् । 

मुस्लिम धर्मको मूल मन्त्र केवल अल्लाहको अगाडि झुक्नु हो ।

सामिमका अनुसार “भगवान् छैनन् तर अल्लाह छन् । अल्लाह यानि अदृश्य शक्ति । उदाहरणका लागी कृष्ण, शिव कसले देखेको छ र ? ती त केवल मूर्ति हुन् मान्छेले बनाइदिएका । जुनसुकै धर्म होस्, त्यहाँ ईश्वरवाद नै हुन्छ । सामिम यसलाई व्याख्या गर्दै सुनाउँछन्, ‘भगवान् दुई वटा छैन । छैन । अलिकति पनि छैन । हरेक धर्म ग्रन्थमा प्रतिमाको पूजा गर्नु भनेको छैन ।  तर मानिसको विकाससंगै ग्रन्थ पनि विकास भए जसअनुसार मानिसहरू मनको भक्तिलाई भन्दा मन्दिर र प्रतिमालाई पूजा गर्न थाले ।  

ईश्वर जन्मेकै छैन । न उसको आमा छ न उसको बुबा । कसैले देखेको छैन । सामिम  प्रश्न गर्छन् ‘हामीले किन आकार दिने ?’ त्यसैले मस्जिदमा कसैको आकृति भएको फोटो राखिएको छैन । मुस्लिमहरू नमाज पढ्छन्, आफ्ना अगाडि । मुस्लिमहरूको लागी धर्म भनेको विश्वास हो । त्यसैमा उनीहरूको झुकाव छ । उनीहरूले पूजा गर्छन् आफ्नो पवित्रताको लागी । उनीहरूको मस्जिद हुन्छ, तर भगवान् हुँदैनन् । उनिहरुसंग ग्रन्थ छ । भाषा छ । लिपी छ । तर भगवान् छैनन् । छ त केवल सद्भाव । भक्ति । विश्वास । मेलमिलाप । प्रेम ।


 जहाँ विश्वास हुँदैन त्यहाँ जति नै पूजापाठ गरे पनि धर्म हुँदैन । इस्लाम धर्मावलम्बीहरूका लागी अल्लाह नाम मात्रै हो । आकृति छैन । त्यही नाम उनीहरूको धर्म हो । विश्वास हो । कहिल्यै नदेखेको नाममा उनीहरूको आस्था छ । सृष्टिकर्ता अदृश्य भएकाले उनीहरूको अल्लाह पनि अदृश्य छन् । तर उनीहरूको यकिन,निष्ठा,श्रद्धाको भने पक्कै पनि  दृश्य छ ।

सबै धर्मको शब्द फरक छन् । भाषा, लिपि,, तरिका फरक छन् । तर अन्तिम सत्य भनेको सबैले मान्ने एउटै हो, ‘ईश्वर ।’ 


सामिम पनि धर्मलाई थप व्याख्या गर्दै भन्छन्, ‘हामीसंग ठुला मस्जिद छन् तर त्यहाँ पूजा गर्नका लागी फोटो, आकृति छैन । भगवान् हरेक ठाउँमा छन्, तर आइडल छैनन् ।’ उनी उत्साहित हुँदै बोल्छन्, ‘जब हामीले कुनै चिजलाई देखेकै छैन भने त्यसको चित्र कसरी बनाउन सक्छौँ ।’ 

हाम्रो  लागी अल्लाह शब्द नै ईश्वर हो । ईश्वरले एकैचोटी सबैको कुरा सुनेका हुन्छन् । हामीले एक जना दुई असहाय गरिबलाई दया गछौं तर अल्लाहले ब्रहमान्डका हरेक जीवित अविजित वस्तुलाई दया गर्छन् । 

जामे मस्जिद परापुर्वकालदेखी 

नेपाली जामे मस्जिदको अन्डरमा नौ दश वटा मस्जिदहरू छन् । सामिम भन्छन् यो मस्जिद हाम्रा बाजेबराजुको देन हो । मल्लकालदेखि यो मस्जिद भएको उनले दाबी गर्छन् । यहाँ हुने  खर्च हरू सबै प्रबन्ध समितिले व्यहोर्ने उनको भनाई छ । शुक्रकारको दिनमा भक्तजनले दानले नै यो मस्जिद चलेको छ । त्यो बाहेक अन्य सरकारी निकाय, दातृ संस्थाले दिएको दान आफूहरूले स्वीकार नगर्ने उनले बताए । सरकारले खासै ध्यान नदिएको हो भन्ने प्रश्नमा उनी उल्टो प्रतिप्रश्न गर्दै भन्छन् ईश्वरले पुर्योइरहेको छ, उहाँहरुले ध्यान नदिएर के भयो त ? 
मस्जिदहरूमा   धेरै डोनेसन बाहिरबाट आउँछ भन्ने सोचप्रति उनले गुनासो पोखे  । उनी भन्छन्, हरेक धर्ममा मानिसहरू अपराध गर्छन् यसमा पनि त्यही भयो ।  सीमित व्यक्तिले  गर्दा बदनाम भयो । 

यद्यपि त्यसबाहेक नयाँ बनेको बिल्डिङ भने दुवईले बनाइदिएको उनले सुनाए । 

कुरा यतिमै थाति राख्दै – निकै भक्तिका साथ अन्ततः सामिम भन्छन् “ईश्वर त्यो हो जसको सुरुवात पनि छैन, अन्त्य पनि छैन । यसोमा ईश्वरको नै अन्त्य भयो भने संसार कसले चलाउने त ? त्यसकारण संसार बनाउने पनि अल्लाह, अन्त्य गर्ने पनि अल्लाह । मुस्लिमहरू यसैमा आस्था राख्छन् ।” 

नेपाली जामे मस्जीदमा नामज पढेको तस्विरमा हेरौं :

No description available.
No description available.
No description available.

यो पनि ईद – ईदुल फित्र : जपिंदै ‘अल्लाहु अक्बर’ (फोटो कथा)