आज मुस्लिमहरूको दिन हो । संसारभरका इस्लाम धर्म मान्नेहरूले आज इद – ईदुल फित्र मनाएका छन् । तर दुर्भाग्य बस विश्वभर नै कोरोना काल  चलिरहेको हुँदा मानिसहरूले पहिलेको जसरी आफन्त र साथीभाइमाझ रमाइलो गर्न पाएका छैनन् । तर पनि इस्लाम धर्मावलम्बिहरूले घरै बसेर भए पनि नमाज पढिरहेका छन् । घरै रमाइलो गरिरहेका छन् । 
यसै सन्दर्भमा विश्वको सामाजिक सञ्जालमा पनि इदको चन्द्रमा छाएको छ । सञ्जालभरि चाहे जुनसुकै धर्म मान्ने व्यक्ति होस् यो महामारीमा एक अर्कोलाई सद्भाव जनाउने काम हुँदै आएको छ ।  संसार भरी नै प्राय एकै किसिमले मनाउने यो चाड मुसलमानहरूले  धूमधामका साथ मनाउँदछन् । तर कोभिडले गर्दा मानिसहरूले यो पटक सञ्जाल मार्फत एक अर्कोलाई सम्झिएका छन् । 

मानिसहरू सञ्जालमा भनिरहेका छन्, “इदको मिठास हाम्रो समाजमा राम्रोसँग फेलियोस् ।  विषाक्त घृणा खेती गर्नेहरूको मनमा माया जागोस् ।  कोरोना महामारीका विश्वबाट नाश होस् ।  विश्वमा शान्ति र सद्भाव कायम रहोस् ।” 

यसै सन्दर्भमा हेरौँ सामाजिक सञ्जालहरूमा कसरी इदको खुसीको रङ्ग छाएको छ  ।