काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका सिल भएको हो । कोरोना संक्रमण बढेसंगै सरकारले उपत्यकामा कोरोनाको चेन ब्रेक गर्न निषेधाज्ञा लगाएको थियो । उक्त निषेधाज्ञाको मानिसहरुले वेवास्ता गरेपछि नगरपालिकाले आजदेखि सबै सरकारी तथा निजी कार्यालय,बैंक तथा वित्तीय संस्थाका सेवासमेत सम्पूर्ण रुपमा बन्द गरी सिल गरेको सुचना निकालेको छ । चन्द्रागिरि नगर क्षेत्रमा आज जेठ १ गतेदेखि जेठ ७ गते विहान ५ बजेसम्म घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।

त्यस्तै औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहकेका सबै खाद्यान्न,किराना,मासु पसल,फलफूल तथा तरकारी लगायत सबै सेवा बन्द गरिएका छन् ।

समूदायस्तरमा कोरोना फैलदा समेत सर्वसाधारणले निषेधाज्ञा मान्न अटेर गरेपछि सिल गर्ने निर्णय गरिएको नगरपालिकाका मेयर घनश्याम गिरीले बताए ।