काठमाडौं । नेपालमा सायदै कुनै नायिकालाई मानिसहरुले सम्मान गर्ने चलन छ । कारण उनिहरुको एक्टिङ कला र बौद्धिकतालाई बनाइन्छ । बेलाबेला नेपालमा खुबै नाम चलेका नायिकाहरुको बोली चिप्लिदाँ मानिसहरुले सामाजिक संजालदेखी संचार माध्यमसम्म खुबै आलोचना खेप्नु परेको छ । तर नायिका सुरक्षा पन्तको सवालमा भने दर्शकहरुको नजर फरक छ । हरेकचलचित्र होस् वा छोटाफिल्म नायिका पन्तले निभाएको भुमिका निकै तारिफयोग्य हुन्छ । त्यसैले पनि उनलाई नेपालकी शालीन र अब्बल नायिकाका रुपमा गनिन्छ ।

यसैबिच उनले केहि समय अघि एउटा छोटो फिल्म गरेकि थिईन् । जुन निकै रुचाइएको पनि थियो । तर नायिका पन्तले उक्त फिल्मको नाम नलिकनै हुबहु कपी पेस्ट रहेको थाहा पाएकाले दुख व्यक्त गरेकि छिन् ।

पन्तले आफुले काम गरेको उक्त छोटो फिल्म कुनै हिन्दी छोटो फिल्मको हुबहु कपी रहेको कुरा थाहा पाएपछि त्यसको पार्ट २ बनाउने कुरा उठेको र आफू त्यस्मा काम नगर्ने मनसायमा पुगिसकेको पनि बताएकि छिन् ।

उनले संजालमा आफू आइडिया हुबहु कपी गर्ने कुराको घोर विरोधी भएको बताउँदै अनविज्ञ भई यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गरेकि छिन् । साथै उनले अब लेखकको सम्मानमा ठेस नपुर्याइ कन्टेन्ट कपी हो वा होइन भन्ने प्रश्न राख्न जरुरि भएको पनि प्रस्ट पारेकि छिन् ।

उनले लेखेकि छिन्, “हालसालै मैले काम गर्न पुगेको एउटा छोटो फिल्म, कुनै हिन्दी छोटो फिल्मको हुबहु कपी रहेको कुरा थाहा पाएपछि मलाई धेरै दुख लागेको छ।पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला।कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाहीँ मन खुम्चिन पुग्छ। व्यक्तिगत रूपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर विरोधी हु म ।त्यसैले अनविज्ञ भई यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु। तर, फेरी यो नदोहोरिएला भन्न सकिन्न।इन्टरनेटको सम्पूर्ण कन्टेन्ट हेरिसकेको पनि भइँदैन । सायद काम गर्नु अघि कलाकार वा अन्य टिमले कन्टेन्ट कपी हो वा होइन भन्ने प्रश्न राख्न कसरी सक्ला लेखकको सम्मानमा ठेस नपुर्याइरु सोच्नुपर्ने कुरा हो यो । ९उक्त छोटो फिल्मको पार्ट २ बनाउने कुरा उठेको र म त्यस्मा काम नगर्ने मनसायमा पुगेको छु।०यो पाठ हो, केवल मैले होइन सम्पूर्ण टिमले मनन गर्न जरुरी छ।अर्को एउटा महत्वपुर्ण पाठ स् टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरूबाट थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । त्यसैले कलाकारहरू एकदम इमान्दार रहन जरुरी छ ।”

उनले पछिल्लो समय काम गरेको सर्ट फिल्म मनको बार थियो । जसलाई दर्शकले निकै रुचाएका छन् भने कलाकारलाई वाहवाहि पनि निकै आएको थियो