भारत-पाक युद्धका बेला हामी इरान अर्थात् त्यस बेलाको पर्सियादेखि सय किलोमिटरको दूरीमा रहेको लोरालयमा थियौँ। त्यहाँका हिन्दु र मुस्लिममा त्यति भिन्नता थिएन। लबाइ, खबाइ, बोलीवचन सबै एकै खालको। तर, जब साम्प्रदायिक युद्ध भड्कियो, तत्कालीन भारतको पश्चिम क्षेत्र बलुचिस्तान, पन्जाब र सिन्धतिर शताब्दीऔँदेखि ज्यादै घुलमिल र दाजुभाइको सम्बन्ध कायम गरी बसेका हिन्दु(मुस्लिमबीच मच्चिएको नरसंहारलाई मैले प्रत्यक्ष रूपमा आफ्नै आँखाले देखेँ।

जलियालावाग काण्डपछि सन् १९३७ मा जब भारतबाट बर्मा अलग्गियो, भारतबाट अलग हुने सिलसिला नै चल्यो। त्यसैको अर्को कडीका रूपमा धर्मका नाममा छुट्टै राज्यको माग सुरु भयो। र, त्यसै क्रममा हिन्दु(मुस्लिमबीच साम्प्रदायिक युद्ध भड्कियो। पाकहरूले छुट्टै राज्य बनाए। पाकिस्तान नामकरण गरे।

सूचना र सञ्चारको त्यति साह्रो विकास नभएकाले त्यस साम्प्रदायिक दंगाका धेरै कुरा बाहिर आएनन्। ३१ डिसेम्बर १९४७ मा वल्लवभाइ पटेलले एकाएक घोषणा गरे, ‘ब्रिटिसहरू भारत छोड।’ ब्रिटिसहरूले लत्तो छाडेपनि हामीले त्यसो गर्न सकेनौँ। गाउँ गाउँमा गएर हिन्दुहरूको उद्धार गर्‍यौँ। पश्चिम भारतका गाउँबाट हिन्दुहरू जम्मा गरेर क्वेटा रेलवे स्टेसनमा ल्याउने र त्यहाँबाट रेलमा अमृतसरसम्म ओसार्ने काम त कति गर्‍यौँ कति १
वल्लवभाइ पटेलको घोषणापछि ब्रिटिसले चार रेजिमेन्ट आफूसँगै लगे भने ६ रेजिमेन्ट भारतमै छाडे। तर, छनोटको सुविधा भने दिएका थिए। भारतमा रहेका रेजिमेन्टबाट उता जान र उताबाट भारतका रेजिमेन्टमा आउन चाहनेलाई त्यो सुविधा दिइएको थियो। युद्धकै बीच १४ अगस्त १९४७ मा पाकिस्तान अलग भयो भने १५ अगस्तमा ब्रिटिस आधिपत्यबाट भारत स्वतन्त्र भएको घोषणा गरियो।

भारतपाकिस्तान छुट्याउने काम पनि ज्यादै हचुवामा गरिएको थियो। नक्सा हेरेर बीचबाट यसरी टुक्र्याइयो कि जनताको वास्तविक अवस्था, स्थलगत अध्ययन, रहनसहनजस्ता केही कुरालाई वास्ता गरिएन। केन्द्रमा बसेर ठाडो नक्सा चिरियो र यति भारत, यति पाकिस्तान भनियो। त्यसको मार तलका जनताले कसरी भोगे, त्यो कि हामीजस्ता भुक्तभोगीलाई थाहा छ, कि त त्यसको प्रत्यक्ष असर भोग्ने स्थानीय जनतालाई।
भारत(पाकिस्तान स्वतन्त्र भइसकेपछि पनि साम्प्रदायिक दंगा चर्किरह्यो। बलात्कारपछि हिन्दु महिलाहरूका संवेदनशील अंगहरू काटेर फ्यालिएका र यौनांगहरू छरपस्ट रहेका दृश्य पनि देख्यौँ। पुरुषहरूका शरीरबाट यौनांगहरू अलग पारिएका दृश्य पनि देख्यौँ। त्यस्ता बीभत्स लासहरू त कति हो कति १ तर, हामीहरू ती लासहरू पन्छाउनेभन्दा पनि त्यस्ता मृत्यु र हत्या देखेर तर्सिरहेका र तड्पिरहेका मानिसहरूको उद्धारमै क्रियाशील भयौँ। कुनै पक्षमा लागेर फायर गर्ने हुकुम हामीलाई थिएन। तर, गोर्खा भनेपछि मुस्लिमहरू पनि हाम्रो इज्जत गर्थे। हिन्दुहरूको उद्धार कार्यमा सरकि भइरहँदा हामीलाई मुस्लिमहरूले पनि अवरोध खडा गरेनन्।
पाकिस्तानी सरकारले हाम्रो ब्रिटिस गोर्खाली पल्टनलाई आफ्नो क्यान्टोनमेन्टमा बस्ने स्वीकृति दिएको थियो। हाम्रो दुई कम्पनी लाहोरमै बस्यो। अरू कम्पनी अटारी बोर्डरमा बसे। सर्फेस र वागा रेल्वे स्टेसन हाम्रो रेखदेखमा थियो।


त्यस बेला कस्तो अवस्था थियो भने भारतमा बस्न नचाहने मुसलमानहरूलाई वागा रेल्वे स्टेसन हुँदै अमृतसरसम्म ल्याएर छोडिन्थ्यो। त्यहाँ तिनीहरूलाई सरदारजीहरूले काटेर मारेको दृश्य अझै भयावह थियो। ती बोर्डरहरूमा सरदारजीहरूका पल्टन र क्याम्पहरू नभइदिएको भए मुसलमानहरूले सजिलै दिल्लीसम्म पुग्न सक्थे। तर, सरदारजीहरूले उनीहरूको त्यहीँ कत्लेआम गरे।

एउटा घटना सम्झिन्छु। ब्रिटिसहरू भारत छोडोको घोषणापछि जब गोर्खा रेजिमेन्टमाथि प्रतिबन्ध लगाइयो, हिन्दुहरूको उद्धारमा भारत सरकारले बिहार रेजिमेन्टलाई प्रयोग गर्‍यो। हामी त बोर्डरमै थियौँ, हामीभन्दा एक किलोमिटर पछाडि त्यो रेजिमेन्ट थियो। पाकिस्तानबाट उद्धार गरेर ल्याएका टे्रनका ट्रेन हिन्दुहरूमाथि बीच बाटोमा एक्कासि गोलीको बौछार गरेर सोत्र्यान पारिएछ। कति मानिस त गोली लाग्नुभन्दा पनि भागदौडले मरेछन्। उद्धारमा गएको बिहार रेजिमेन्टका कोही बाँचेनन्। त्यसपछि तिनको उद्धारका निम्ति हामीलाई गुहारियो। जब हामी लयलपुर रेल्वे स्टेसन पुग्यौँ, ट्रेनभरि लासैलास। म त्यति बेला ट्रान्सफोर कम्पनीको हबलदार भइसकेको थिएँ। सुबेदार खड्गबहादुर थापाको नेतृत्वमा २६ वटा गाडी लिएर त्यहाँ पुग्यौँ। लासहरू गाडीमा अटाउने अवस्था रहेन। त्यसपछि हामीले त्यही टे्रेनलाई स्कर्टिङ् गरेर अमृतसर पुर्‍यायौँ।
भारतपाकिस्तानको त्यो बीभत्स युद्ध देखेपछि मेरो मन ज्यादै विरक्तिएको थियो। म त झन्डै जोगी बनेको। समयको खेल, मैले फेरि ब्रिटिस आर्मी ज्वाइन गरेँ।


भारत स्वतन्त्र हुनुभन्दा पहिले ब्रिटिस कोलिनियल आर्मी अन्तर्गत भाडाका सिपाहीका रूपमा कार्यरत थियौँ हामी। पाकिस्तानमा धर्मभीरुहरू हामीलाई सोध्थे, ‘तुम किस के पक्षमे हो रुु हामी भन्थ्यौँ, हम मोहम्मद जिन्नाके है।’ यसो भन्दा हामीलाई उनीहरू खुब सत्कार गर्थे, सम्मान गर्थे। कति समय हामी आर्मी ड्रेसमै लाहोर घुम्थ्यौँ। हिरामण्डीमा गरिएको भव्य स्वागत म बिर्सनै सक्दिनँ।
पाकिस्तानी सेनाले जब कश्मीरको बाह्रमुल्लामाथि आक्रमण गर्‍यो, करणसिंहका बुबा अर्थात् कश्मीरका राजा हरि सिंह भारतको शरणमा आए। यस घटनापछि सीमामा गोर्खा फौजकै आवश्यकता महसुस भयो। त्यसपछि वल्लवभाइ पटेल गोर्खा पल्टनप्रति नरम बने। त्यसपछि मात्र गोर्खा सैनिकहरूलाई समेटेर ११ गोर्खा राइफल खडा गरियो।

#Nepalimag