
काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आप्रवासीका सन्तानलाई नेपालको राजनीतिक सत्ता र संवैधानिक निकायमा आसीन गराउने षड्यन्त्रले नेपाल नागरिकता संशोधन विधेयक ल्याएको भन्दै सरकारको उक्त कदमलाई भर्त्सना गरेको छ ।
ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपालले मंगलबर एक विज्ञप्ति जारी गर्दै नेपाल नागरिकता संशोधन विधेयक भारतिय आप्रवासी सन्तानका लागी पारित गरिएकाले तराईका युवालाई सचेत रहन समेत आग्रह गरेका छन् ।
‘सरकारले यो अध्यादेश वर्षौँदेखि तराईका जमिनदारको घरमा बस्ने गरिब मूलवासीलाई नागरिकता दिने उद्देश्यले ल्याएको हैन, विज्ञप्तिमा भनिएको छ, ‘भारतबाट विवाह गरेर आउनेका हातमा सिन्दूर-पोतेसँगै तत्काल नागरिकता उपहार दिने बदनियतले जारी गरेको हो ।’
भर्खरै राष्ट्रपतिले जारी गरेको अध्यादेशले सबैभन्दा ठुलो मर्को तराइ मूलका आदिवासीलई पर्ने भन्दै ग्रेटर नेपालले यसको समाधान खोज्न तराइवासीका युवालाई आह्वान गरेको छ ।
तराइवासीले पाउने सुविधाहरू अब भारतीय आप्रवासीले पनि पाउने र राजनीतिक पहुँच र प्रतिनिधित्व पनि उनीहरूकै बढ्ता हुने निश्चित भएको अध्यक्ष नेपालको भनाई छ । उनले भनेका छन्, “नेपाली नागरिकताको प्रमाणपत्र नेपालीले मात्र पाउनुपर्छ भन्ने कुरालाई तराईको अन्तरात्माको आवाज बनाइयोस् ।”
साथै अध्यक्ष नेपालले तराईका युवापुस्तालाई अध्यादेशका विरुद्धमा आवाज उठाउन पनि जोड दिएका छन् ।
यस्तो छ जारि विज्ञप्ति



प्रतिक्रिया दिनुहोस्