एक सर्को दुनियाँ अर्को । एक खिल्ली चुरोटलाई स्वाट्टै पारेपछि खाने व्यक्तिको मुखबाट निस्किने शब्द यही हो । यो शब्द मात्रै होइन कुलत र धूम्रपानमा फसिसकेका युवाका लागी त यो राम वाणी नै हो । अनि धूम्रपान उनीहरूको प्राण वायु । 

अरूले तानेको देखेर होस् वा आत्मसन्तुष्टिका लागी अथवा भनौं साथीको लहलहैमा लागेर नेपालमा त्यस्ता थुप्रै मानिसहरू छन् जो दिनदिनै धूम्रपान र लागूपदार्थमा फस्दै गएका छन् । विशेषगरि युवाहरू फ्रस्टेसन बिर्साउन, पारिवारिक चिन्ता तथा साथीहरूमाझ स्वाग देखाउने उद्देश्यका साथ बिस्तारै लागूपदार्थमा फस्दै जान्छन् । 

स्नेहा कार्की हाल पोर्चूगलमा बस्छिन् । त्यो भन्दा अघि उनी एक लागूपदार्थ दुव्र्यसनि थिइन् । २५ वर्षीय स्नेहा सानै देखी होस्टेल बस्थिन् । कक्षा १० मा पढ्दापढ्दै उनले एक युवकसंग प्रेम गरिन्, जो धूम्रपान र लागूपदार्थमा मस्त थियो । सोही युवकलाई रुझाउन उनले पनि बिस्तारै चुरोट तान्न थालिन् । उनलाई पनि रमाइलो लाग्यो अनि त्यस्तै साथी सर्कलमा घुलिइन् । त्यति मात्रै होइन धूम्रपान गर्न थालेपछि त त्यही युवकलाई प्रेमी सुद्ध बनाइन् । बिस्तारै उनको दुनियाँ रंगिन बन्दै गयो । उनको  ब्वाइफ्रेन्डले जेजे ड्रग लियो त्यहित्यहि फलो गर्न थालिन् । मनमा हुने पेन, प्रोब्लमसंगै परिवार र पढाई सबै भुलेर दुर्व्यसनमा धकेलिइन् । तर जसको माया पाउन उनले  दुर्व्यसनको बाटो रोजेकी थिइन्, उसले अन्य कोहीलाई विवाह गर्‍यो । त्यसपछि उनी झन् डिप्रेसनमा गइन्। तर उनको भाग्य भन्न पर्छ उनका केही असल साथीहरूले उनलाई ‘टा«न्सफर्मेसन नेपाल सुधार गृह’मा जान ढिपी गरे । उनले पनि त्यसै गरिन् र मनलाई दरो बनाएर गइन् । सुधार गृहमा गैसकेपछि उनका सबै लतहरू बिस्तारै छुट्दै गए । जीवनमा केही गर्नपर्छ जस्तो लाग्यो । उनले फेरी छोडेको पढाई सुरु गरिन् । आफ्नो जीवनको महत्त्व बुझिसकेपछि उनले परिवारलाई केही बन्छु भनेर बाधा गरिन्। स्नेहा नेपाल आएपछि आफूजस्तै किशोर अवस्थामा जानी -नजानी दुर्व्यसनमा फसेका किशोर किशोरीका लागी काम गर्ने  लक्ष्य राखेकी छिन्  ।  

स्नेहाले सामाजिक सञ्जाल फेसबुक मार्फत आज अन्तर्राष्ट्रिय धूम्रपान विरुद्धको दिवसका दिन आफूले भोगेको कुराहरू सेयर गरेकी हुन् । 

त्यस्तै, ‘वे अफ लिभिङ सुधार गृह’मा आएका एक किशोरको कहानी पनि उस्तै छ । 

सामन्त राई (नाम परिवर्तन) को आमा सानै उमेर बित्नु भयो । आमा बितेपछि बाबाले अर्को आमा ल्याए  । त्यसपछि सामन्त  घरमै आइसोलेट जस्तो हुन पुगे । आफ्ना भावनाहरू मनमै दबाउने, कोहीसंग नबोल्ने हुँदै गए । एकदमै एक्लो महसुस भएपछि उनले बिस्तारै चुरोट तान्न थाले । गाँजामा पनि हात हाले । त्यसैमा रमाउन र सबै दुखहरू भुल्न थालेपछि उनले ट्याब्लेट, गोटी  खान थाले । सामन्तलाई एक दिन गाँजा, चुरोट नताने खल्लो लाग्थ्यो । बौलाएको जस्तो भान हुन्थ्यो । बिस्तारै उनी त्यही सर्कलमा घुल्दै गए । सामन्त जति ड्रग खादै जान्थेँ, त्यति नै परिवार र आफन्तबाट घृणाका पात्र हुन्थें । उनलाई कसैको माया र सद्भाव मिल्दैनथ्यो । त्यसैले सामन्तलाई गाँजाको दुनियाँ नै प्यारो थियो । तर उनलाई पनि कता-कता आफ्नो मृत्यु भएको आमाको माया र उनले सिकाएको बाटोको याद आउन थाल्यो । सुध्रनुपर्छ भन्ने मनमा जाग्यो । अनि ‘वे अफ लिभिङ सुधार गृह’मा पुगे । अहिले सामन्त  कुनै लागूपदार्थ प्रयोग गर्दैनन् । उल्टो ‘वे अफ लिभिङ सुधार गृह’ मै स्वयंसेवकका रूपमा काम गर्दै आएका छन् । 

May be an image of 1 person, standing, outdoors and tree
May be an image of one or more people, people standing and outdoors

वे अफ लिभिङ ड्रग तथा मदिरा पुनर्वास केन्द्रका सदस्यहरू

वे अफ लिभिङ ड्रग तथा मदिरा पुनर्वास केन्द्रका कार्यक्रम संयोजक संस्कार बोहोरा पनि हाल नेपालमा बालबालिकाहरू  विभिन्न कारणले धूम्रपान तथा लागु पदार्थमा फस्दै गएको बताउँछन् । ७/८ कक्षमा पढ्ने बालबालिकाबाटै धूम्रपान गर्न सुरु भइराखेको उनले जनाए । अहिलेका बालबालिकाहरूले सानै देखी चुरोट खान थाली सकेको हुन्छन् । विद्यालयमा साथी सर्कल, परिवारमा  सिको गरेर, परिवारको जीवन स्तरले गर्दा पनि बालबालिकाहरू बिस्तारै चुरोट, त्यसपछि गाँजा अनि ड्रग्ससम्म पुग्ने गरी दुर्व्यसनीमा फस्ने गरेको  पाइन्छ । आजकाल स्कुल पढ्दा देखी नै  बालबालिका देखि किशोरहरू फस्दै जान थालेको बोहोराले जानकारी दिए । 

अहिलेको  सिनारियो हेर्दा युवाहरू बस्ने टोल, वातावरणजस्ता धेरै कुरामा भर पर्ने उनको भनाई छ । जस्तो कि चाबहिल, पाटन, कपन, बौद्ध एरियाहरूमा बढी यस्ता धूम्रपानमा फस्ने बालबालिका तथा युवा भेट्न सकिन्छ । किनभने ती एरियामा पहिले देखी नै एउटा जक्सन बनिसकेको छ । जुन ठाउँमा बढी धूम्रपान र लागूपदार्थ प्रयोग हुन्छ तीनै ठाउँमा बस्ने बालबालिका तथा युवाहरू बढी कुलतमा फस्ने गरेको छन्  । 
यसरी बालबालिकाहरू सानै देखी कुलतमा फस्नेहरूका केटा केटी दुवैको सङ्ख्या बराबर रहेको छ । बोहोरा  उदाहरण दिदैं भन्छन्, गत वर्ष धूम्रपान हुँदै कुलतमा फस्ने केटाको सङ्ख्या १० जना थियो भने अहिले बढेर १२/१३ मा पुगेको छ । त्यस्तै गत वर्ष कुलतमा फस्ने केटीको सङ्ख्या १ थियो भने अहिले ६/७ मा पुगेको छ । कुलतमा फस्ने बढ्दो अनुपात केटाको भन्दा केटीहरूको बढी भएको बोहोरा बताउँछन् । 
किन भन्ने यसको ठ्याक्कै उत्तर नभए पनि अहिले महिलाहरू बढी कुलतमा फस्दै गैरहेको पाइएको छ । 

यसैका साथ आज मे ३१ अर्थात्  ‘विश्व धूम्रपान रहित  दिवस’ हो। विश्व स्वास्थ्य संगठनले सुरु गरेको यो दिवसलाई  यसपालि ‘किट टू क्विट’   “छोड्नको लागि प्रतिबद्ध” भन्ने नाराका साथ मनाइँदै छ।   विश्व भरी वर्षेनी ८० लाखभन्दा बढी मानिसको ज्यान धूम्रपानबाट गएको छ । सुर्तीजन्य पदार्थमा करिब ४ हजारभन्दा बढी प्रकारका रासायनिक तत्त्वहरू पाइने हुँदा यो हर व्यक्तिका लागी हानिकारक छ । नेपालमा लागूपदार्थ दुर्व्यसनमा फस्ने व्यक्त्हिरुको सुरुवात पनि यही  सुर्तीजन्य पदार्थबाट हुने गर्दछ ।  नेपालको तथ्याङ्कले हाल सुर्तीजन्य पदार्थ सेवन गर्ने २८.९ प्रतिशत रहेका देखाएको छ। तीमध्ये ४८.३ पुरुष र ११.६ प्रतिशत महिला छन्। यी महिलाको सङ्ख्या बिस्तारै बढ्दै छ । यसै गरी पहिलो पटक धूम्रपान सुरु गर्दाको औसत उमेर १७.८ रहने पजि विज्ञहरू बताउँदै आएका छन् । 

त्यसैले योपाली डब्लुएचओले विश्वव्यापी डिजिटल उपकरणहरू मार्फत १०० मिलियन मानिसहरूलाई सुर्तीजन्य पदार्थबाट छुटकारा दिलाउन सहयोग गर्ने उद्देश्य लिएको छ । 

यसै  ‘विश्व धूम्रपान रहित  दिवस’को सन्दर्भलाई लिएर आज (सोमबार)  सामाजिक सञ्जालहरूमा पनि चर्चा गरिएको छ ।  सामाजिक सञ्जालहरूमा आजको दिन कतिले चुरोट नखाने बाचा कसेका छन् । भने कयौँ प्रयोगकर्ताले धूम्रपानमा नफस्न आग्रह गरेका छन् । 

ट्विटरमा एक प्रयोगकर्ता लेख्छन्, “मेरो प्रतिबद्धता जारी छ र रहने छ ।समय जस्तो सुकै होस धूम्रपान र माधक पदार्थ को लत हुने छैन !आज धुम्रपान रहित दिवस धुम्रपान सुर्ती जन्य मा.प.से स्वस्थ्य को लागि धेरै हानिकारक छन !! विश्व मा 80% मानिस धूम्रपान मा.प.से को सेवनले मृत्यु हुने गर्दछ।

अर्को एक प्रयोगकर्ता सुझाउँछन्, विश्व धूम्रपान विरुद्धको नै दिवस!! आफ्नो फोक्सो को ख्याल गर्नुहोस, चुरोट, बिडि, तथा अन्य धुम्रपान गर्नुहुन्छ भने रोक्नुहोस,,, आज केही पलको लागि उडाएको धुवाले बिस्तारै आफैलाई खादैजान्छ !!!

थप केहि