काठमाडौं । चीन सरकारले अनुदानमा दिएको भेरोसेलको खोप ६० देखि ६४ वर्ष उमेर समुहलाई प्रदान गरिने भएको छ । खोप जेठ २५ गते बाट लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी गराए ।

चीनसँग सीमाना जोडिएका जिल्लाहरुको हकमा भने खोप मौज्दात रहे १८ वर्ष माथिका लाई पनि दिइने छ । भने खोप लगाउँदा दोस्रो मात्रको पनि सुनिश्चित गरेर मात्र दिइने छ ।