काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर बितेको २४ घण्टामा ५ हजार ३१६ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । योसँगै हालसम्म् नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९९३ पुगेको छ । त्यस्तै, मन्त्रालयका अनुसार आज १०१ जनाको मृत्यु भएको छ । भने २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ७ हजार २१९ रहेको छ ।

साथै पछिल्लो २४ घण्टामा काठमाडौंमा ९ सय ६९, ललितपुरमा ३ सय ६ जना र भक्तपुरमा एक सय ८१ जना संक्रमित थपिएका छ्न।