(यो प्रेम पत्र हराएकी प्रेमिकाको एक अंश हो)

मिठो सम्झना,

खै कहाँबाट शुरु गरौं ? जहाँ प्रत्येक शब्द शब्दहरु प्रेमिल भावहरु बनेर गलामा अड्किन्छन् ,यो छाती चिरिन्छ ,मुटु भक्कानिन्छ, अनायसै समुन्द्रको भेलसरी आँखाबाट अविरल अश्रुधाराहरु बग्न थाल्दछन् अनि सम्बोधन गर्ने कुनै शब्दनै पाउँदिन । पुनः एकोहोरो तिम्रो यादमा हराईरहन्छु तव स्वचालित यन्त्रझैं धाराबाहिक रुपमा तिम्रो लागि केही न केही नलेखी रहन सक्दिन । अन्ततः कोरा कागजमा कलमको सहायताले मेरा यी कोमल हातहरु प्रेमको गाथा लेख्न अगाडि बढ्दछन् ।

जब अहिले भोगे अनि थाहा पाए, जिन्दगीको अनगिन्ती यात्राहरु मध्ये सबै भन्दा कठिन हुदो रहेछ यो मायाको यात्रा । बडो अचम्मको कुरा त त्यो हो की एक अर्कालाइ नदेखी नै माया बस्ने कति अजिब छ है यो माया । कसैलाई पागल बनाइ दिएको छ यहि मायाले, कसैलाई सबै भन्दा माथी पुराइ दिएको छ यहि मायाले । कति कमजोर बनाउछ प्रेमले कति लाचार बनाउछ प्रेमले । रात पर्छ बिहान हुन्छ उसैगरी उज्यालो पनि हुन्छ , खै मलाई त तिमिले तिम्रो अनुहार नदेखाएको दिन देखि अध्यारोले बाधेको छ । आजकल बिहानी उसै गरि शुरु हुन्छ फरक यत्ती छ कि पहिले तिम्रो नामको एउटा मेसेजले आँखा खुल्थ्यो, अहिले तिम्रो यादलाई रोक्न नसकेको आशुँले, हरेक रात उसैगरी सकिन्छ, पहिले दिनभरी गरेका काम दुःख,सुःख मेसेजमा छरपस्ट पोखिन्थ्यो, फरक यत्ती छ कि अहिले दिनभरी मुटु पिल्सिएर निस्केको तिम्रो यादले आँखा भिजाउने गर्छु । याद म राख्ने छु सधै तिम्रो र मेरो कहानी यो, सगै बितेका ती पल या मध्य रात सम्मको हाम्रो कुराकानी त्यो समयको बेग सगै बद्लियौ तिमी पनि !तिम्रो याद ले अनि तिम्रो म्यासेज र फोन कलकको प्रतीक्षामा अहिलेको दिनहरु कटिरहेका छन्। अहिले त अफिस पनि जान मन लागे जान्छु नत्र रुम मै विताउन थालेको छु।

मैले तिमीलाई कति प्रेम गरे , त्यसको जवाफ त म सङ्ग छैन तर प्रेमको नाममा “प“ सम्म नजानेको मैले, तिमीलाई निर्बिरोजध प्रेम गरी नै रहें । तिमीले मलाई बुझ्यौ या बुझेनउ तर मैले भने तिमीलाई नबुझेर नै प्रेम गरिरहे। मैले तिमीलाई प्रेम गर्नुमा कुनै स्वार्थ थिएन न त कुनै सर्त नै थियो । मैले त एक असल साथी अझ जीवन साथीको रुपमा तिमीलाई प्रेम गरेको थिए , त्यो प्रेममा कुनै स्वार्थ थिएन केवल आशा थियो त तिम्रो चाखो मायाको।
तिमीले बिछ्याएका रहरहरूमा आफ्ना केही रहर मिसाउनु सायद मेरो प्रेम नै थियो । तिमी हिँडेका बाटोहरूमा तिमीलाई पछ्याउनु पनि प्रेम नै त थियो होला । कहाँ थिएन र प्रेम ? हाम्रो दिनहु अनलाइन च्यटमा हुने भिडियो कलमा तिम्रो बच्चाजस्तो निर्दोष आँखामा हराउनु, के मेरो प्रेम थिएन ? तिम्रो गम्भीर मुहारबाट निस्कने रहस्यमय हाँसोमा रमाउनु के मेरो प्रेम थिएन ? अनलाइन माध्यम बाट गरेको चुम्बन के त्यो प्रेम थिएन ?तिम्रो सफलतालाई आफ्नै सफलता मानेर हिँड्नु मेरो प्रेम नै थियो । तिम्रो खिन्नतालाई आफ्नै छातीमा टाँसेर हिँड्नु पनि प्रेम थियो । तिमीले प्रेम गरेका हरेक चीजलाई म प्रेम गर्थें । तिमीले घृणा गरेका चीजलाई म पनि घृणा गर्थें । म कहिलेकाही विहेको कुरा गर्दा तिम्रा ओठबाट छुटेका खित्काहरूमा म रमाउनु के प्रेम थिएन?अनि बन्दाबन्दि हुदा तिमीले भेटम भन्दा हुदैन यो अवस्थामा दुवै सुरक्षित हुनुपर्छ पछि खुले पछि भेटौला भन्दा के त्यहा प्रेम थिएन ? तिमी प्रसब पिडामा भएको बेला रातभरि रुदा तिमीलाई फोन बाट सान्त्वना दिदै म रुदा के त्यसमा प्रेम थिएन ?

मैले तिम्रो सम्झनामा सच्चा प्रेमको आसु बगाएको छु। तर तिमिले मेरो भावनालाई कुल्चियौ त्यसैले सम्हाल्न सकिन छिया–छिया बनेको ह्रदयलाई प्रेम प्रप्तिको वियोगमा डुबेको छु । त्यसैले आज तिम्रो सम्झनाले मेरो मनमा एक किसिमको तरङ्ग पैदा हुन्छ । विगत सम्झन्छु , कल्पना गर्छु अनि मनमनै सोच्दछु तिम्रो त्यो सुन्दरतामा कति युवाहरु मक्ख पर्दा हुन् । कतिले त प्रेम प्रस्ताव पनि राखे होलान् । तिमी बिना बाँच्नै नसक्ने किरिया पनि खाए होलान् । तर हजारौँ हजार प्रस्तावहरूलाई लत्याएर म जस्तो एक दुःखी अभागी र कर्मशिललाई स्विकार्नु तिम्रो महानता थियो । तिम्रो उदारताको म प्रशंसा नगरी रहन सक्दिन । प्रिय ! तिम्रो र मेरो सवाद भएको जम्मा ९ महिना भए पनि मलाई त हिजो जस्तै लागिरहेको छ। । हामी दुई बिचको प्रेम शुरुआती चरणमा जुन मिठास थियो त्यो म मा आजपनि ,तरोताजा छ । त्यही प्रेमको साहारामा मैले मेरो जीवन खुसीसाथ बाँचेको छु । फेसबुक च्याटको माध्यमद्धारा प्रेमको सागरमा चुर्लुम्म डुबेर भविष्यका कैयौँ सुनौला सपनाहरू सजायौं,कहिल्यै नछुट्टिने जुनी जुनीसम्म सँगै मर्ने सँगै बाँच्ने कसम खायौं तिम्रो म प्रतिको अगाध प्रेम आस्था र विश्वासको म शब्दमा बयान गर्न सक्दिन ।तर अब त केबल एउटा सन्नाटा बाकी छ । ती दिनहरु सबै चराजस्तै भुरुरु उडेर गए । र, मस्तिस्कको स्मृती एल्बममा केबल यादहरु बाकी छन् । तिनै यादहरुका गुजुल्टाबाट मैले जिन्दगीको नयाँ बाटो खोज्दै छु ।

उबेला तिमीले हरेक रात मलाई सुनाउने कहानिहरुले मलाई पिरोलछन् अझै । जब तिम्रो धेरै याद आउँछ तब आफ्नो सिरानीलाई जोडले अंगालोमा बाँध्छु तर त्यसले त मलाई फेरी अँगालोमा पनि बाँध्दैन । गितहरु सुन्दिनँ म अब, न त सुन्न सक्छु तिम्रो ती भोइस रेकर्डका गाथाहरु। प्रत्यक गितहरु लाग्छ मेरो लागी नै समर्पीत छन् । हरेक चिजहरुसँग तिमी जोडिएकी छौ । हरेक चिजमा तिमी बसेकी छ्यौ । ओठमा कतै हाँसो फसेको छ ।

त्यसैले अहिले आफुले आफुलाई नै फकाउछु अनि मनमनै सोच्छु, यात्रा नहो जिन्दगी, भेटिनेहरु सबै संग सहयात्रा गर्न त कहाँ मिल्थ्यो र?कुनै न कुनै समय दोबाटोमा त पुग्नै पर्छ।तर कतिपय यस्ता मोडहरु हुँदारहेछन जहाँ नचाहेर पनि मोडिनु पर्दोरहेछ, अनि त नभएको ठाउँमा पनि सिर्जना हुन्छ ’दोबाटो’ अनि पर्छ छुटिन। तर त्यहि छुटिनेहरुको सम्झनाले सताउँदोरैछ घरिघरि, त्यहि एक्लो बनाउनेहरुको माया लाग्दो रैछ सँधैभरि! सबै उहि अनि उस्तै छन् सबै दुरुस्तै छन् बस,,तिमी मात्र हरायौ त्यसैले,आज मेरो सम्झनामा केबल तिम्रा यादहरु हिडिरहेछन, बसिरहेछन अनि बोलिरहेछन.. बल्दाबल्दै मैनवत्ती सकिएजस्तै चुहिने गाग्रीको पानी तप्प तप्प गर्दै चुहिएर सकिएजस्तै तिम्रा सबै यादहरु सकिए हुन्थ्यो घरी–घरी मुटु दुखाउने तिम्रो याद नआए हुन्थ्यो पलपल मेरो समयलाइ नसताए हुन्थ्यो तर चोखो मायाका यादहरु किन यसरी विलाउथे र?

ती ओठहरुलाई गुलाबी सम्झना, जहाँ छापिएको मेरो अनलाइन चुम्बनको खित्काले तिमीलाई आफ्नो बनाउन सकेन। ती आँखाहरुलाई अथाह माया, जसले मेरो आँखामा आफ्नो अस्तित्वको उपस्तिथि देख्न सकेन । ती हातहरुलाई औधी याद, जुन हातहरुले मलाई अगाँल्दा म आफुलाई भुलिदिने गर्थे ती हातलाई मिठो सम्झना। ती कानहरुलाई धेरै गुनासो , जसले मलाई सुन्न सकेन । त्यो दिललाई गुड बाई, जसले मलाई बुझ्न सकेन । तर पनि तिमीलाई अन्तिम पटक यो पत्र मार्फत भन्न चाहन्छु कि हामी हिजो जति रमाएका थियौ त्यति नै भबिस्यका लागि योजना बनाउनु छ ।हाम्रो उत्कृष्ट प्रेमका निशानिहरु पछि सम्मका लागि अमर बनाउनु छ ।तिमी मेरो ओठको मुस्कान हौ ।मलाई भोक ,निन्द्रा ,थकान भन्दा पनि तिम्रो चिन्ताले सताउदछ ।म चाहन्छु मलाई खुशी दिने मेरी माया सधैं खुशी हुनुपर्दछ ।

हराएकी प्रेमिकालाई प्रेम पत्र पहिलो र दोस्रो अंक :

‘हराएकि प्रेमिका’
‘हराएकी प्रेमिका’