काठमाडौं। विश्वभरका मानिसलाई वातावरण प्रति सचेत गराउन प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइन्छ । किनभने विश्व सबैको साझा घर हो । विश्वको वातावरण जोगाउन कुनै एक राष्ट्रको मात्रै सम्भवको कुरा होइन । यस दिनले मानिसलाई प्रकृतिको पनि सम्मान गर्नुपर्छ भनेर सिकाउँछ । तथापि बढ्दो सहरिकरण र आधुनिकिकरणले गर्दा विश्वले वातावरणको विनासलाई ध्यानमा राखीएको पाइदैंन ।

भलै कोरोना भाइरसको कारण विश्वका देशहरूमा मानव गतिविधिहरूमा कमी आएको कारण प्रकृतिले आफूलाई सफा गर्ने समय पाएको छ। तरपनि जलवायु परिवर्तन र विगतमा गरिएका विनासले गर्दा एसिया, युरोपमा रहेका हिमनदिहरु पग्लिदैं आएका छन् भने २०२० त सबैभन्दा तातो वर्ष नै घोषणा भैसकेको छ ।

यसैसम्बनधमा हेरौं विश्व वातावरण कसरी विनास तर्फ जाँदै छ ;