एजेन्सी । अमेरिकालाई उछिन्दै भारतले हालसम्म १७.२ करोड व्यक्तिलाई कोभिड विरुद्धको खोपको कम्तिमा एक डोज लगाएको छ । अमेरिकामा हालसम्म १६.९ करोड मानिसले कोरोना खोपको कम्तिमा एक डोज प्राप्त गरेका छन् ।

भारतको केन्द्र सरकारले शुक्रबार भ्याक्सिनको आपूर्तिमा सुधार र भ्याक्सिनेसन अभियानमा तीब्र गति लिन सबै आवश्यक प्रयास भइरहेको जानकारी गराएको छ । कोरोनाको दोश्रो लहरले आक्रान्त पारेको भारतलाइ आफैंले उत्पादन गरेको खोप निर्यात रोकेर आफ्नो देशलाई पहिलो प्राथमिकतामा राखेको थियो । जसको फलस्वरुप भारतमा हाल कोरोनाका केसहरु कम हुँदै गएका छन् । भने कोरोना विरुद्धको भ्याक्सिन लगाउने मानिसको संख्यामा विश्वमै पहिलो नम्बरमा पनि आएको छ ।

नेपालले पाउनुपर्ने १० लाख डोज खोप आउनै बाँकि

भारतले आफूले उत्पादन गरेको खोप नेपाललगायत विभिन्न देशमा निर्यात गर्दै आएको थियो । नेपाल सहितका दक्षिण एसियाली देशहरुलाई अनुदानमा उपलब्ध पनि गराउँदै आएको थियो । त्यसपश्चात नेपालले भारतबाटै कोभिशिल्ड नामक खोपको उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्यूटसँग २० लाख खोप खरिद प्रक्रिया अघि बढायो । जसमा १० लाख डोज खोप आयो भने १० लाख डोज विभिन्न कारणले आउन सकेन । त्यसको केहि दिनमै त्यहाँ कोरोनाको दोश्रो कहर आयो । भारतले दिनुपर्ने बाँकि दश लाख खोप नेपाललाई कोरोना फैलावटको बहाना पार्दै दिएको छैन । भने भारत सरकारले खोप निर्यातमा प्रतिबन्ध लगाई हालसम्म आफ्नै देशको १७ करोड भन्दा बढीमा खोप लगाइसकेको छ ।

यसोमा भारतले कोरोना नियन्त्रणमा खोपलाई अगाडि सारिहँदा नेपाल भने खोप माग्नका लागी हारगुहार गर्दैमा व्यस्त छ ।

यसैबिच, भारतिय निति आयोगका सदस्य डा. भिके पलका अनुसार आफ्नो देशलाई प्राथमिकतामा राख्दै कोरोनाबाट अधिक प्रभावित ४५ वर्ष माथिकालाई खोप दिने बताएका छन् ।

त्यस्तै, भारतमा त्यहाँको जनसंख्याको १२.६ प्रतिशत मानिसले कोरोनाका खोप लगाइसकेका छन् । जसमध्ये साढे चार करोडले दुवै डोज लगाएका छन् । यद्यपि १३८ करोड जनसंख्या भएको भारतमा यदि मात्रामा खोप लगाउनु निकै कम हो ।